पोखरामा दुर्घटना भएको विमानमा कति थिए यात्रु ?

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परकाे छ ।पोखरा महानगरपालिका– १७ को सेती खोँचमा जहाज दुर्घटनामा परेको हो ।

एएनसी एटीआर ७२ जहाज ले ६८ जना यात्रु बोकेर गएको खुलेको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन् ।

क्षतिकाे विवरण खुलिसकेकाे छैन । दुर्घटनास्थलमा आगाे निभाउने प्रयास भइरहेकाे छ । यति एयरलाइन्सका प्रवक्ता बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ। ‘कोही जिवित भेटिने हुने सम्भावना छैन,’ उनले भने,‘हामी शवहरू निकाल्दै छौं।’

जिल्ला प्रहरी प्रमुख अजय केसीका अनुसा पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन। ‘शवहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने।

अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको थियो।

सिफारिस

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

धेरै पढिएको