यी हुन् आज सपथ लिन लागेका मन्त्रीहरू

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। नवनियुक्त मन्त्रीहरूले मंगलबार दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ।

मंगलबार नेकपा (एमाले) का ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री बन्न लागेका छन्।

एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र प्रतिनिधि सभा सदस्य पदम गिरी स्वास्थ्य मन्त्री बन्न लागेका छन्। बाँकी २ जनाको नाम टुंगो लाग्न बाँकी छ।

माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल मोदी सामान्य प्रशासन मन्त्री, सुदन किराती नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्ने भएका छन्।

राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्न लागेका छन्। अर्का एक मन्त्रीको टुंगो लाग्न बाँकी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ।

रास्वपाले विषय विज्ञता हेरेर मन्त्री पठाउने तयारी गरेको छ। खनाल ‘टिच फर नेपाल’का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाएको छ। अर्याल रास्वपाका उपसभापति पनि हुन्। धादिङ घर भएका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए। स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ।

पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदा तीन जना उपप्रधानमन्त्रीले सपथ लिएका थिए। उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री र रवि लामिछाने गृह मन्त्री भएका थिए।

सोही दिन ज्वालाकुमारी साह, दामोदर भण्डारी राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री बनेका थिए।

सिफारिस

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

धेरै पढिएको