प्रहरीका पूर्वआईजी प्रधानलाई कानून मन्त्रालयको साँचो

नेपाल प्रहरीका पूर्व आईजी ध्रुवबहादुर प्रधानले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । मंसिर ४ गतेको चुनावमा नवलपरासी–२ (सुस्ता पश्चिम) बाट सानदार जीत दर्ता गरेका प्रधानले महत्त्वपूर्ण कानून मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी राप्रपाका उपाध्यक्ष पनि हुन् ।

प्रधान २०५३ सालमा नेपाल प्रहरीको प्रमुख भएका थिए । प्रधानले पूर्व गृहराज्यमन्त्री एवं कांग्रेस उम्मेदवार देवेन्द्रराज पाण्डेलाई १५ हजार १७० मतान्तरले पराजित गरेका थिए । प्रधानले ३४ हजार ७६४ मत पाउँदा कँडेलले १९ हजार ५९४ मत मात्रै पाएका थिए । चौथोपटक पनि कँडेलको सांसद बन्ने बाटो छेक्दै प्रधान सांसदमा भारी मतान्तरले विजयी हुन सफल भएका थिए ।

प्रधान नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष पनि हुन् । नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएपछि राजनीतिमा सक्रिय प्रधान तेस्रो पटकको प्रयासमा सफल भएका हुन् ।

आईजी भएको ३६ दिनमै सरकारले ०५३ चैतमा अच्युतकृष्ण खरेललाई हटाएर ध्रूबबबहादुर प्रधानलाई आईजी बनाएको थियो। त्यसविरुद्ध खरेल सर्वोच्च अदालत गएका थिए।

अदालतको आदेशमा पुनः ०५४ मंसिरमा प्रधानलाई हटाएर खरेल आईजीपी भए।

अदालतको आदेशपछि आईजीबाट हटेर ध्रूबबहादुर प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका थिए। सल्लाहकारबाट राजीनामा दिएर उनी ०५६ को आम निर्वाचनमै होमिए। नवलपरासी–४ बाट चुनाव लडेका उनले हार ब्यहोरे। ०६४ र ०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन्।

प्रत्यक्ष निर्वाचनमा पटक–पटक हार ब्यहोरेका उनी ०७४ को चुनावमा भने राप्रपाको समानुपातिक सूचीमा बसे। तर, ३ प्रतिशत थ्रेसहोल्डका कारण सांसद बन्ने उनको सपना पूरा हुन सकेन।

पटक–पटक असफलता ब्यहोरेका पूर्वआईजी प्रधान संसद् छिर्ने सपनासहित यो पटक फेरि राप्रपाबाट उम्मेदवारी दिएका थिए ।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको