दुई क्रिकेटर पक्राउ

एक साताअघि सम्पन्न नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलम र क्रिकेटर आदिल अन्सारी रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

क्रिकेटर मेहबुब मोरङबाट पक्राउ परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।

‘मेहबुब पक्राउ परेका छन्। उनलाई अहिले हिरासतमा राखेका छौँ’, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले  भने, ‘उनलाई सीआईबीको आग्रह अनुसार काठमाडौं पठाउने तयारी गरेका छौँ।’

त्यस्तै आदिललाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। उनलाई पनि सीआईबीको आग्रहमा काठमाडौं पठाउन लागिएको एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन्।

नेपाल टी२० लिगमा आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। स्पट फिक्सिङको आशंका गरेपछि जनकपुरले आदिललाई खेलबाट बाहिर राखेको थियो।

नेपाल टी २० लिग चलिरहँदा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोप लागेको थियो। लिग भइरहँदा खेलमा मिलेमतो आरोपमा सीआइबीले अनुसन्धान गरिरहेको थियो।

त्रिवि क्रिकेट मैदानमा खेल चलिरहँदा स्पट फिक्सिङ र म्याच फिक्सिङ भएको आशंका गरिएको थियो। नेपाल टी २० क्रिकेट लिगमा म्याच फिक्सिङबारे अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसअघि नै केही व्यक्तिलाई पक्राउ गरिसकेको थियो।

सीआईबीले यसअघि नै म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) सँग पनि जवाफ मागेको थियो।

यसअघि यो प्रकरणमा अध्यक्ष चतुरबहादुर चन्द र पूर्व कप्तान तथा म्यानेजर विनोद दाससँग सीआईबीले बयान लिइसकेको छ।

क्यान अध्यक्ष चन्दले म्याच फिक्सिङबारे आवश्यक अनुसन्धान गरिदिन भन्दै सीआईबीमा निवेदन पनि दिएका थिए। यसअघि नै सीआईबीले अन्य पदाधिकारी र खेलाडीलाई पनि सोधपुछका लागि बोलाएको थियो।

त्रिविमा क्रिकेट मैदानमा भएको नेपाल लिगमा म्याच फिक्सिङको सूचना बाहिर आएपछि सीआईबीले छानबिन गरेको थियो।

नेपाल टी २० लिग चलिरहेका बेला खेलाडीहरुले फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए। क्यानले लिग सञ्चालनको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससलाई दिएको छ।

यो कम्पनीले भारतमा बेटिङ समेत खेलाउने गरेको छ। त्रिविमा खेल सञ्चालन भइरहँदा पनि बेटिङ खेलाइरहेको अवस्थामा केही व्यक्ति पक्राउ परेका थिए। त्यसपछि खेलाडीकेन्द्रित अनुसन्धान सुरु भएको हो।

यसअघि म्याच फिक्सिङको चर्चा बाहिरिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

खेलाडीले पारिश्रमिक नपाएको र म्याचफिक्सिङको चर्चा बाहिरिएसँगै उनले प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न पत्रचार गरिएको थियो।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको