गृह मन्त्रालयको जिम्मेवारी कसलाई ?

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय आफैंसँग राख्ने भएका छन् । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका छन् ।

स्वतः पदमुक्त भए पनि उनले शुक्रबार बेलुका प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन् । ‘अब गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछ,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँग गृह मन्त्रालय राख्दा सजिलो हुन्छ भन्ने सुझाव आएको छ ।

’ लामिछाने पदमुक्त भएपछि दाहाल र एमाले अध्यक्ष ओलीबीच शनिबार छलफल हुनेछ । त्यसपछि सत्ता गठबन्धनको बैठकमा यसबारे निर्णय गर्ने तयारी छ । प्रधानमन्त्री नियुक्त भएपछि दाहालले गृह मन्त्रालय आफैंसँग राख्ने चाहना हुँदाहुँदै गठबन्धन दलबीच भागबन्डा मिलाउन लामिछानेलाई गृहमन्त्री नियुक्त गरेका थिए । ‘शक्तिशाली’ मन्त्रालय नराखेकामा माओवादीभित्र दाहालको आलोचना भएको थियो ।

माओवादी सचिव लीलामणि पोखरलेले अब गृह मन्त्रालय माओवादीले राख्नुपर्ने बताए । ‘प्रधानमन्त्री जुन पार्टीको हुन्छ, त्यही पार्टीले गृह र अर्थ मन्त्रालय राख्नुपर्ने हो । अरू नभए पनि अब गृह मन्त्रालय प्रधानमन्त्रीले राख्नुपर्छ ।’

पुरानो नागरिकता प्रयोग गरी पार्टी दर्ता, निर्वाचनमा उम्मेदवारीलगायत काम गरेकाले लामिछाने फेरि मन्त्री हुँदा गम्भीर नैतिक र राजनीतिक प्रश्न उठ्ने उनको भनाइ छ । ‘सर्वोच्चले नै प्रतिनिधिसभा सदस्य उम्मेदवार, उम्मेदवारी कायम र निर्वाचितलगायतका कारबाही बदर गरेपछि फेरि उही पदमा आउनु नैतिक मात्र होइन, कानुनी प्रश्न पनि बन्ने भयो,’ उनले भने ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले सर्वोच्चको निर्णयअनुसार सरकार अघि बढ्नुपर्ने विषयमा प्रधानमन्त्री दाहालसँग कुराकानी भएको बताए ।

‘प्रधानमन्त्रीजीसँगको भेटमा सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै अघि बढ्नुपर्छ भन्ने कुरा भयो,’ उनले भने, ‘गृहमन्त्रीजीले राजीनामा दिएर राम्रो गर्नुभयो ।’ लामिछानेले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएर गैरसांसदका रूपमा मन्त्री हुने स्थिति आफूले

नदेखेको उनले बताए । ‘उहाँ (लामिछाने) दोहोर्‍याएर आउनेतिर कसैको ध्यान छैन,’ उनले भने, ‘त्यो स्थिति पनि देख्दिनँ ।’ उपप्रधान तथा गृहमन्त्री भएको ३२ दिनमा लामिछाने पदमुक्त भएका हुन् । उनले पुस ११ मा उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका थिए ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको