काठमाडौँसहित आज देशभर वर्षाको सम्भावना

अहिले (सोमबार बिहान) काठमाडौँ उपत्यका र गण्डकी प्रदेशमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले दिएको जानकारीअनुसार तत्काल काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्र र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको हो।

‘काठमाडौँ उपत्यकामा गएराति ११ः४५ बजेसम्म पानी परेर एकछिन रोकिएको थियो, तर फेरि बिहान ५ बजेतिरदेखि हल्का वर्षा भइरहेको छ’, मौसमविद् झाले भने, ‘उपत्यकाका सबै ठाउँमा पानी परेको छैन, कतै पर्ने, कतै नपर्ने भइरहेको छ, त्यस्तै सुन्दरीजल, धादिङ, भक्तपुरको नगरकोट, काभ्रेको पाँचखालतिर पनि अहिले वर्षा भइरहेको छ।’

मौसमविद् झाका अनुसार बिहान ६ बजेसम्मको अपडेटअनुसार गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ८ मिलिमिटर वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

‘देशका थोरै स्थान भन्नाले पूर्वदेखि पश्चिमसम्म जहाँ पनि पानी पर्नसक्छ भनिएको हो’, मौसमविद् झाले भने, ‘तर पनि प्रिमनसुन भएकाले देशका सबै पहाडी भेगमा वर्षाको सम्भावना अलि बढी छ, तराईका पनि केही स्थानमा हल्का/क्षणिक खालको वर्षा हुनसक्छ।’

महाशाखाको बुलेटिनअनुसार आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको