टुंगो लाग्यो नेपाल सहभागी हुने विश्वकप छनोट खेल्ने सबै १० टिमको

आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै २०२३ आइसिसी पुरुष क्रिकेट विश्वकपमा स्वत: छनोट हुने ८ टिमको टुंगो लागेको छ।

खेल रद्द भएसँगै आयरल्यान्ड विश्वकप छनोटमा धकेलिएको छ भने दक्षिण अफ्रिकाले विश्वकपमा छनोट भएको छ।

विश्वकपमा छनोट भएका टोलीहरू: भारत (आयोजक), न्यूजिल्याण्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, दक्षिण अफ्रिका।

यता आगामी जुनमा हुने विश्वकप छनोट खेल्ने दशै टिमको समेत टुंगो लागेको छ। जिम्बावेमा हुने विश्वकप छनोटमा चार टेस्ट टिमले खेल्दैछन्। जहाँ नेपालले पनि प्रतिस्पर्धा गर्दैछ।

क्रिकेट विश्वकप छनोट खेल्ने १० टोली: वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई।

सुपर लिग तालिकाको अन्तिम दुईमा रहेपछि जिम्बावे र नेदरल्याण्ड्स विश्वकप छनोटमा पुगेका थिए। वेस्ट इन्डिज, श्रीलंका र आयरल्यान्ड सुपर लिगको नवौं, दशौ र एघारौं स्थानमा रहदा छनोट खेल्न बाध्य भए।

स्कटल्यान्ड, ओमान र नेपालले लिग २ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरेका थिए।

नेपालले लिग-२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो। लिग-२ मा निराशाजनक प्रदर्शनपछि अमेरिका र युएई विश्वकप क्वालिफायर प्लेअफबाट छनोट भएका हुन्।

१० टिमको विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको