काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपाल तेस्रो

घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपाल तेस्रो भएको छ। नेपालले उज्वेकिस्तानविरुद्ध ३-१ सेटको जित निकालेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा अघिल्ला दुई संस्करणको विजेता नेपाल यस पटक उज्वेकिस्तानलाई हराउँदै तेस्रो हुन सफल भएको हो।

पहिलो सेट २०-२५ ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो।

दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको नेपालले तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो।

चौथो तथा अन्तिम सेटमा २५–१३ को सहज जित निकाल्दै नेपाल च्यालेन्ज कपमा तेस्रो भएको हो। पराजित उज्वेकिस्तान चौथो भयो।

यसअघि दुई संस्करणको विजेता नेपाल सेमिफाइनल भिडन्तमा काजकस्तानसँग हारेको थियो। त्यसबेला नेपाल ३–२ को सेटमा पराजित हुँदै उपाधिमा ह्यट्रिक यात्राबाट चुकेको थियो।

नेपालसँग पनि पराजित उज्वेकिस्तान अघिल्लो संस्करणको उपविजेता हो। उसलाई भारतले यसअघिको सेमिफाइनल भिडन्तमा ३–० को सोझो सेटमा हराएको थियो।

नेपालले यसअघि पनि उज्वेकिस्तानलाई हराएको थियो। अघिल्लो वर्ष बंगलादेशमा भएको दोस्रो सेन्ट्रल जोनको फाइनल भिडन्तमा नेपालले ३–२ को सेटसहित उपाधि चुमेको थियो।

च्यालेन्ज कपको उपाधिका लागि आजै भारत र काजकिस्तान भिड्नेछन्। फाइनल खेल ४ बजे सुरु हुनेछ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको