आज साउन १५ अर्थात खीर खाने दिन, किन खाइन्छ खीर ?

काठमाडौं – साउन १५ मा आज मुलुकभर खिर खाएर मनाइँदै छ । त्यसो त नेपालमा सबैजसो चाडपर्वहरु कुनै न कुनै खानेकुरा सँग जोडिएका हुन्छन्। परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको हुन्छ ।

आयुर्वेद चिकित्सकका अनुसार बर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले खिरले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । चामल, दूध, नरिबल, छोकडा लगायत सामाग्री र चिनी हालेर खिर बनाउने प्रचलन रहेको छ ।

दूध मानव शरीरका लागि सर्वोत्तम भोजन पनि हो। दूध आफैँमा प्रोटिनको राम्रो स्रोत पनि हो । यसमा आइरन बाहेकका सबै पौष्टिक तत्त्वहरु पाइन्छन्। यसबाट बनेका जुनसुकै परिकार पनि मात्रा मिलाएर खाए स्वास्थ्यलाई फाइदाजनक छन्। त्यसैले होला व्रत बस्दा पनि दूध खाने चलन छ । खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ।

नेपाली समाजमा हाम्रा जन्मदेखि मृत्युसम्मका संस्कारमा खीर अनिवार्य जस्तै मानिन्छ। खीर देवतादेखि पितृसम्मलाई मन पर्ने खाद्यपदार्थ भएको विश्वास गरिन्छ। मानव शरीरका लागि पनि यो असाध्यै पौष्टिक परिकार हाे । साउन १५ मा खीर खाने चलन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ भने खीर स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण छ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ।हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन्।दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ।साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ। खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।

नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ।बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ।

सिफारिस

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो बोसान डाँडा, जुन चोभार र टौदह नजिकै अवस्थित छ। यहाँबाट लाङटाङ, गणेश, गौरिशंकर लगायतका हिमालहरू, काठमाडौं...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम गरेको छ। बाल विकास NCMAS प्रा. लि. ले आयोजना गरेको सबैभन्दा ठूलो हस्तलेखन प्रतियोगिता (Largest...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम...

उपत्यकाबाट देखिएका हिमालका मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं – केही दिनदेखिको हल्का वर्षापछि काठमाडौं उपत्यकाको आकाश...

राष्ट्रिय फोटो पत्रकार समूह तनहुँको अध्यक्षमा विष्णु गौतम

दमौली - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको...

तिब्बती मूलका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार (तस्वीरहरू)

काठमाडौं – नेपालमा बसोबास गर्दै आएका तिब्बती मूलका शेर्पा...

सांसद ढकाल र माल्दिभ्सका सभामुख अब्दुलबीच शिष्टाचार भेट

काठमाडौं – प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री एकनाथ ढकालले...

धेरै पढिएको