भारी मनका साथ सन्दीपले राष्ट्रिय क्रिकेट टिमबाट लिए नाम फिर्ता

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले आगामी क्रिकेट प्रतियोगिता नखेल्ने भन्दै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन्।

दशैंको बीचमा नै नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–२० क्रिकेट श्रृङ्खला आयोजना गरेको छ। कात्तिक १ गतेदेखि १० गतेसम्म चल्ने श्रङ्खलामा नेपाल, यूएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

सन्दीपले भने उक्त प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन्। सन्दीपले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्।

उनले आफू आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको पनि बताएका छन्। सन्दीपले अहिले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन आवश्यक ठानेको बताएका छन्।

सन्दीपले पछिल्लोपटक एसियाली खेलकुद (एसियाड)अन्तर्गतका खेलहरु खेलेका थिए।

नाबालिगमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग खेपिरहेका सन्दीपविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। बिहीबार (असोज २५ गते)का लागि पेसी भए पनि काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभावको कारण देखाउँदै सुनुवाइ नगरी स्थगित गरेको छ।

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको