भारी मनका साथ सन्दीपले राष्ट्रिय क्रिकेट टिमबाट लिए नाम फिर्ता

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले आगामी क्रिकेट प्रतियोगिता नखेल्ने भन्दै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन्।

दशैंको बीचमा नै नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–२० क्रिकेट श्रृङ्खला आयोजना गरेको छ। कात्तिक १ गतेदेखि १० गतेसम्म चल्ने श्रङ्खलामा नेपाल, यूएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

सन्दीपले भने उक्त प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन्। सन्दीपले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्।

उनले आफू आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको पनि बताएका छन्। सन्दीपले अहिले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन आवश्यक ठानेको बताएका छन्।

सन्दीपले पछिल्लोपटक एसियाली खेलकुद (एसियाड)अन्तर्गतका खेलहरु खेलेका थिए।

नाबालिगमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग खेपिरहेका सन्दीपविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। बिहीबार (असोज २५ गते)का लागि पेसी भए पनि काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभावको कारण देखाउँदै सुनुवाइ नगरी स्थगित गरेको छ।

सिफारिस

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु धमाधम निर्माण गरिँदै छ । प्रतिनिधि सभा चुनावको लागि काठमाडौं उपत्यकालगायत देशैभरको विभिन्न मतदानस्थलमा निर्वाचन...

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको