नेपालको लगातार दोस्रो जित, बहराइन ७ विकेटले पराजित

काठमाडौं- एसिसी प्रिमियर कप यु-१९ क्रिकेटमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनलाई नेपालले ३७.५ ओभरमा अलआउट गर्दै ७७ रनमा समेटेको थियो। जवाफमा नेपालले उक्त लक्ष्य ११.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

बहराइनलाई सस्तैमा समेट्ने क्रममा दीपेश कँडेलले ९.५ ओभरमा ४ रन खर्चेर ६ विकेट लिए। उनले ५९ बल गर्दा ५७ बल डट फाले। उनको घातक बलिङको सहयोगमा बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाउनु सर्वाधिक रह्यो। यु-१९ क्रिकेटमा यो उनको यो करिअरको उत्कृष्ट प्रदर्शन हो। गत फागुनमा नेपाललाई आइसिसी यु-१९ विश्वकप २०२४ मा पुर्याकउन ह्याट्रिक लिँदै सनसनीपूर्ण प्रदर्शन गरेका थिए।

७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवातका बाबजुत अर्जुन कुमाल र कप्तान देव खनालले चौंथो विकेटका लागि ६८ रनको अविजित साझेदारी गरे।

उनीहरूले ५५ बलमा ६८ रनको साझेदारी गरेका थिए। खनाल ३२ रनमा अविजित रहँदा अर्जुन कुमाल पनि ३२ रनमै अविजित फर्किएका थिए।

सिफारिस

विमान दुर्घटनामा घाइते पाइलट शाक्यको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ - सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा...

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन्। दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन्। त्रिभुवनस्थलस्थित दुर्घटनास्थलमा पुगेर उनले कारण बुझ्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

१७ तस्वीरमा हेर्नुस् त्रिभुवन विमानस्थलको डिलमै दुर्घटना भएको जहाजको भग्नावशेष

काठमाडौं-  त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु...

गृहमन्त्रीसहित विमान दुर्घटनास्थल पुगेका प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

महिला एसिया कप: भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं - नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।...

एमालेले टुंग्यायो बागमतीमा मन्त्री हुने ६ जनाको नाम

नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी मन्त्रीको नाम...

धेरै पढिएको