विश्वकप फुटबल छनोट: लाओसविरुद्ध १-० गोलको जीत निकाल्दै नेपाल दोस्रो चरणमा

काठमाडौं – विश्वकप फुटबलको छनोटअन्तर्गत पहिलो चरणको अवे खेलमा नेपालले लाओसविरुद्ध १-० गोलको जीत निकाल्दै दोस्रो चरणमा पुगेको छ ।

लाओसको राजधानीमा भएको खेलमा नेपालको लागि मनिष डाँगीले दोस्रो हाफकाे ५३औं मिनेटमा गरेको एकमात्रै गोल निर्णायक बन्यो । मनिषले अञ्जन विष्टको असिस्टमा गोल गरेका थिए ।

यसअघि नेपालको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अवे मैदानमा हुने खेलमा नेपाल जित्नैपर्ने दबाबमा थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा लाओसले हालसम्म नेपाललाई हराउन सकेको छैन । तर, गत साता दशरथ रंगशालामा भएको खेलमा लाओसले स्तरीय प्रदर्शन गर्दै सुरुवाती अग्रता लिएको थियो । अञ्जन विष्टले नेपालका लागि बराबरी गोल गरेका थिए ।

विश्वकप छनोटमा नेपाल यसअघि सन् २०१४ र २०२२ मा दोस्रो चरणसम्म पुगेको थियो । नेपालले गत वर्ष आयोजित विश्वकपका लागि भएको छनोटमा दोस्रो चरणमा पुगेर अस्ट्रेलिया, जोर्डन, कुवेत जस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो ।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको