विश्वकप फुटबल छनोट: लाओसविरुद्ध १-० गोलको जीत निकाल्दै नेपाल दोस्रो चरणमा

काठमाडौं – विश्वकप फुटबलको छनोटअन्तर्गत पहिलो चरणको अवे खेलमा नेपालले लाओसविरुद्ध १-० गोलको जीत निकाल्दै दोस्रो चरणमा पुगेको छ ।

लाओसको राजधानीमा भएको खेलमा नेपालको लागि मनिष डाँगीले दोस्रो हाफकाे ५३औं मिनेटमा गरेको एकमात्रै गोल निर्णायक बन्यो । मनिषले अञ्जन विष्टको असिस्टमा गोल गरेका थिए ।

यसअघि नेपालको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अवे मैदानमा हुने खेलमा नेपाल जित्नैपर्ने दबाबमा थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा लाओसले हालसम्म नेपाललाई हराउन सकेको छैन । तर, गत साता दशरथ रंगशालामा भएको खेलमा लाओसले स्तरीय प्रदर्शन गर्दै सुरुवाती अग्रता लिएको थियो । अञ्जन विष्टले नेपालका लागि बराबरी गोल गरेका थिए ।

विश्वकप छनोटमा नेपाल यसअघि सन् २०१४ र २०२२ मा दोस्रो चरणसम्म पुगेको थियो । नेपालले गत वर्ष आयोजित विश्वकपका लागि भएको छनोटमा दोस्रो चरणमा पुगेर अस्ट्रेलिया, जोर्डन, कुवेत जस्ता टोलीसँग खेल्ने अवसर पाएको थियो ।

सिफारिस

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर...

जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

काठमाडौं - “जलस्रोत विधेयक २०८१” प्रतिनिधिसभाबाट बहुमतका साथ पारित...

असई कुन्जाङले गरिन् सगरमाथा आरोहण

नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा...

यूएईलाई पराजित गर्दै नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक...

राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाद्वारा क्यालेण्डर विमोचन

बन्दीपुर (तनहुँ) – राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाले...

धेरै पढिएको