दक्षिण अफ्रिकामाथि नेदरल्याण्ड्सको ऐतिहासिक जीत

नेदरल्याण्ड्सले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जीत हासिल गरेको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्स ३८ रनले विजयी बनेको हो ।

वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४२.५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो । निकै कसिलो बलिङ गरेकोे नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ तथा पाउल भान मिकरेन, रोलफ भान डर मर्वे र बास डी लिडले २–२ विकेट लिँदै प्रतियोगितामा टोलीलाई पहिलो जीत दिलाए ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ४३ रनको योगदान दिए । उनले चार चौका र १ छक्का हिर्काए । खेलको अन्त्यमा केशव महाराजले ५ चौका र एक छक्का हिर्काउँदै ४० रन बनाए । त्यस्तै, हेनरिच क्लासेनले २८ रन बनाए भने जेराल्ड कोट्जीले २२ तथा क्वीनटन डी ककले २० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाए । यस क्रममा उनले १० चौका र १ छक्का हिर्काए । रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ तथा तेजा निदामानुरुले २० रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिए ।

सिफारिस

रातको १२ बजेसम्म होटल सञ्चालनको अनुमति दिन माग गर्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र

काठमाडौँ - राजधानीका होटल व्यवसायीले प्रहरीले राती होटल १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थल जबरजस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग गुनासो...

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट लामो समयदेखि पीडित महतको उपचारका क्रममा निधन काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा अवस्थित छ। यो गाउँ पोखराबाट करिब ५८ किलोमिटर टाढा, समुद्र सतहबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन...

उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता: इष्टपोल एकेडेमी टिम प्रथम

काठमाडौँ - जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको...

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

धेरै पढिएको