साउदी अरेबियाविरुद्ध ३०२ रनको विशाल अन्तरले जित हासिल गर्दै नेपाल सेमिफाइनलमा

अर्जुन कुमालको कीर्तिमानी शतक र दीपेश कडेलको घातक बलिङमा साउदी अरेबियाविरुद्ध विशाल जित हासिल गर्दै नेपाल एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ।

बिहीबार भएको खेलमा नेपालले साउदीलाई ३ सय २ रनको विशाल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो।

समूह एमा रहेको नेपाल अपराजित रहँदै समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको हो। नेपालले ३ खेलबाट ६ अंक बनाउँदै समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा तय गरेको हो।

नेपालसँगको हारसँगै साउदी दोस्रो स्थानमा रहेर बाहिरिएको छ। बहराइन तेस्रो र इरान चौथो स्थानमा रहँदै उनीहरुले प्रिमियर कपको यात्रा सकाएका छन्।

नेपालले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा मात्र ४६ रनमा अलआउट भयो।

नेपालका दीपेश कँडेल एक्लैले ६ विकेट लिए। घातक बलिङ गरेका उनले ९.१ ओभरमा मात्र १८ रन खर्चे। आकाश चन्दले २ तथा सुवास भण्डारीले एक विकेट आफ्नो नाममा गरे।

नेपालका बलरसामु साउदीका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालविरुद्ध साउदीका वरुण सराभननले बनाएको ११ रन नै साउदीका लागि सर्वाधिक रह्यो। अब्दुल सिराजले ९ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

साउदी एक समय ९.५ ओभरमा ६–१८ को दयनीय अवस्थामा पुगेको थियो। त्यसअघि मलेसियाको वांगीमा साउदीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४७ रनको विशाल योगफल तयार पारेको हो।

साउदीविरुद्ध ओपनर अर्जुन कुमालले १ सय ४२ रनको शतकिइ पारी खेले। १ सय ११ बलको सामना गरेका अुर्जनले १७ चौका र २ छक्का हाने।

यू १९ टोलीबाट दुई शतक हान्ने अजुर्न दोस्रो खेलाडी हुन्। यसअघि कप्तान देव खनालले दुई शतक हानेका थिए।

अर्जुनले यसअघि गत फागुनमा भएको आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रन हानेका थिए। अर्जुन यू १९ मा दोस्रो शतक हान्ने पहिलो ओपनर हुन्।

योसँगै अुर्जनले एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन्। यसअघि चीनमा भएको १९औं एसियाडमा कुशल मल्ले मंगोलियाविरुद्ध १ सय ३७ रन बनाएका थिए।

दोस्रो विकेटका लागि अजुर्न र आकाशले १ सय ६२ बलमा १ सय ८९ रनको आक्रमक साझेदारी गरे। अर्जुन ३९ औं ओभरको तेस्रो बलमा मोहम्मद अहमद राजाको बलमा मुहम्मद गायोर अहमदको हातबाट क्याच आउट भए।

आकाश ९ रन बनाउँदा क्याच आउट भए। ९ बलको सामना गरेका आकाशले ६ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि ओपनर दीपक बोहोरा २९ रनमा क्याच आउट भएका थिए। पहिलो विकेटका लागि अर्जुन र दीपकले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। दीपकप्रसाद डुम्रे १४ रन बनाउँदा एलबीडब्लु धरापमा परे। दीपेश कँडेल १४ रनमा क्याच आउट भए। मिलन बोहोरा ९ रनमा एलबीडब्लु धरापमा नै पर्दै पवेलियन फर्के।

मात्र २ बलको सामना गरेका कप्तान देव खनाल शुन्य रनमा नै क्याच आउट भए। विशाल विक्रम केसी २४ रनमा नटआउट रहे।

कुवेतका मुहम्मद राजा र मुहम्मद गायोर हमदलले समान २ विकेट लिए। जुहैर मुहम्मद र शाजिद शहमाले एक–एक विकेट आफ्नो नाममा गरे।

प्रिमियर कपको समूह चरणमा ३ सयभन्दा बढी रन कटाउने नेपाल पहिलो टोली हो। प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानसामु ३ सय ५३ रनको योगफल तयार पारेको थियो।

समूह चरणको पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा इरानलाई ७ विकेटले हराएको थियो।

प्रिमियर कपमा चार समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने २ टोली र तेस्रो स्थानमा रहने टोली गरी तीन टोलीले एसिया कपमा स्थान बनाउनेछन्।

सेमिफाइनल खेल कार्तिक ५ गते हुनेछ। पहिलो सेमिफाइनलमा समूह ए र डी का शीर्ष स्थानमा रहने टोलीबीच स्पर्धा हुनेछ।

दोस्रो सेमिफाइनलमा समूह बी र सी का शीर्ष स्थानमा रहने टोली भिड्नेछन्। फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ।

सिफारिस

प्रतिनिधिसभा विघटन फिर्ता लिन कांग्रेस-एमालेसहित ८ दलकाे माग

कांग्रेस -एमालेसहित ८ दलले प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बाेलाउन माग गरेका छन्। रास्वपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी...

प्रधानमन्त्री कार्कीद्वारा कोटेश्वर प्रहरी प्रभाग निरीक्षण (तस्वीरहरू)

काठमाडौं – प्रधानमन्त्री शुशिला कार्कीले जेनजी आन्दोलनकारीद्वारा गरिएको आगजनीबाट क्षतिग्रस्त बनेको कोटेश्वर प्रहरी प्रभागको आज निरीक्षण गरेकी छिन्। आगलागीले प्रभाग भवन  ठूलो क्षति पुगेको...

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समाराेहमा जे देखियो…

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रधानमन्त्री कार्कीद्वारा कोटेश्वर प्रहरी प्रभाग निरीक्षण (तस्वीरहरू)

काठमाडौं – प्रधानमन्त्री शुशिला कार्कीले जेनजी आन्दोलनकारीद्वारा गरिएको आगजनीबाट...

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समाराेहमा जे देखियो…

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल...

यस्तो छ सिंहदरबारमा तयार परिएको नयाँ प्रधानमन्त्रीको कुर्सी र कार्यकक्ष (तस्वीरहरू)

शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुँदै...

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौं - पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त...

लिङ्गो ढालिएसंगै सकियो यस वर्षको इन्द्रजात्रा (तस्वीरहरू)

गत बिहीबारदेखि सुरु भएको इन्द्रजात्रा (येँया) इन्द्रध्वजापातनसँगै सम्पन्न भएको...

भाटभटेनीका १२ स्टोरसहित भवन नष्ट, अन्यमा तोडफोड र लुटपाट

काठमाडौं – देशकै सबैभन्दा ठूलो खुद्रा बिक्री श्रृंखला भाटभटेनी...

धेरै पढिएको