पहिलो खेलमा नै अर्ना वियरको ६ लाख ७६ हजार खर्च, कुन खेलाडीले कति पाउँने भए ?

काठमाडौं – ‘आईसीसी मेन्स टी–२० वर्ल्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको सिंगापुरविरुद्धको खेलमा नेपाली खेलाडीका लागि अर्ना वियरले नगद पुरस्कार घोषणा गरे अनुसार पहिलो खेलमा कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको छ।

बलिंगतर्फ कुल २ लाख ९४ हजार र ब्याटिंग तर्फ कुल ३ लाख ८२ हजार गरि कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको हो ।

विश्वकप छनौटको आफ्नो पहिलो खेलअन्तर्गत सिंगापुरबाट १४६ रनको विजयी लक्ष्य पाएको नेपालका ब्याट्सम्यानले समेत उल्लेख्य रकम पाउने भएका छन् । अर्नाले ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै कम्पनीले प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ उद्घोष गरेको छ । साथै, प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत गणना हुने अर्नाको उद्घोष छ ।

सुरुवाती ब्याटिङ गर्दै सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउनेक्रममा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले सबैभन्दा धेरै रकम पाउने भएका छन् । उनले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । यसअनुसार ८ चौका प्रहार गर्दा १० हजारका दरले ८० हजार र २ छक्काबाट २० हजारका दरले ४० हजार पाउनेछन् । यस्तै, प्रति रनबाट १ हजारका दरले ७४ हजार रुपैयाँ पाउनेछन् । सिंगापुरविरुद्धको खेलमा उनले कूल १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् ।

यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहितले ९५ हजार रुपैयाँ पाउने भएका छन् । उनले समान २/२ चौका र छक्काको मद्धतमा ३५ रन बनाए । यसबाहेक, २ छक्का र १ चौकाको सहयोगमा २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् । उनले पहिलो बलमै छक्का प्रहार गर्दै ६ रन जोड्दै नेपाललाई २ अंक दिलाए ।

कम्पनीको उद्घोष अनुसार आज सिंगापुरविरुद्ध बलिङ गरेका सबै बलरले कूल २ लाख ८४ हजार र ब्याट्सम्यानले ३ लाख ९२ हजार रुपैयाँ पाउनेछन् ।

बलर अभिनास बोहोराले ८४ हजार रुपैयाँ पाउने भएका छन् । टीयू क्रिकेट मैदानमा जारी ‘समूह ए’ अन्तरगर्तको खेलमा सिंगापुरविरुद्ध बलिङ गर्दै अभिनास बोहोराले ८४ हजार कमाएका हुन् ।

विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले प्रत्येक विकेटमा २५ हजार रुपैयाँ दिने उद्घोष गरेको छ । यस्तै, प्रति डटबलमा समेत एक हजार रुपैयाँ दिने अर्नाको घोषणा छ । सिंगापुरविरुद्धको खेलमा अभिनास बोहोरा ३ विकेट लिँदै सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा रहेका छन् । यस्तै, उनले ९ डटबल फालेका छन् ।

यसपछि समान दुई/दुई विकेट लिँदै समान १३/१३ डट बल फालेका सन्दीप लामिछाने र गुल्सन झाले समान ६३/६३ हजार पाउनेछन् । मुलपानी र टियू मैदानमा सम्पन्न त्रिदेशीय प्रतियोगिता नखलेका लामिछाने विश्वकप छनौटको खेलमा भने मैदान फर्किका छन् । यसपछि, २ विकेट लिँदै ११ डट बल फालेका करन केसीले ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउनेछन् ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको