स्मार्टपालिकाले बनायो कोरोना थाहा पाउने डिजिटल प्रणाली, स्थानिय निकायलाई नि:शुल्क दिँदै

काठमाडौँ – स्मार्टपालिकाले ट्र्याकिङ तथा क्वारेन्टिन व्यवस्थापन प्रणाली निर्माण गरेको छ।  स्थानिय निकायहरुलाई डिजिटल रुपान्तरण गर्ने उद्देश्यका साथ स्मार्टपालिकाले नेपालका ७५३ वटै स्थानिय सरकारका निम्ती कोभिड लाईभ ट्र्याकिङ तथा क्वारेन्टिन व्यवस्थापन प्रणाली बनाएको हो।

यस प्रणाली मार्फत हाल क्वारेन्टिन, लाईभ ट्र्याकिङ, आइसोलेसन, दैनिक रिपोर्ट, स्वयं-परिक्षा लगयात अन्य मोड्युलहरु मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध रहेका छन। साथै विकास साझेधारहरुको सहयोगमा कन्ट्याक्ट ट्रेसिङ लगायत अन्य मोड्युलहरुको निरन्तर विकास र कार्यान्वयन गरिदै लागिने स्मार्टपालिकाले जनाएको छ ।

यस प्रणालीबाट हेल्थ कोअडिनेटर, स्थानिय प्रतिनिधी तथा जिल्ला प्रशासन कार्यलयले आफ्नो मातहतको काम गर्न तथा रिपोर्ट निकाल्न सक्छन भने सर्वसाधारणले स्वाब परिक्षा लिने, आफ्नो दैनिक रिपोर्ट बुझाउने तथा आधिकारिक रिपोर्ट हेर्ने गर्न सक्नेछन ।

स्मार्टपालिकाले बिगत ११ बर्षदेखि देश-विदेशमा भएका प्राकृतिक प्रकोप व्यवस्थापनका निम्ती प्रणाली विकास गर्दै आएको छ ।  यस  ट्र्याकिङ तथा क्वारेन्टिन व्यवस्थापन प्रणालीलाई भविष्यमा स्थानिय निकायको पूर्ण प्रकोप नियन्त्रण प्रणालीका रुपमा विकास गर्दै लैजाने  स्मार्टपालिकाका कार्यकारी निर्देशक मनोज भट्टराईको भनाइ छ।

स्मार्टपालिका र सेलएप इनोवेसन्सको संयुक्त प्रयासमा यस प्रणाली विकास गरिएको हो।  हाल भरतपुर महानगर, बिरगंज महानगर, धुलिखेल नगरपालिका लगायत करिव २० स्थानिय निकायमा यो प्रणाली प्रयोगमा आइसकेको छ ।

यसरी सन्चालन गर्नुहोस् 

[pdf-embedder url=”https://annapurnatimes.com/wp-content/uploads/2020/04/Covid-System-Manual-Guide-1.pdf” title=”Covid System Manual Guide (1)”]

सिफारिस

‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टमा रमाए दर्शक (तस्वीरहरू)

साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा प्रश्तुत गरेको कन्सर्टमा पोखरेली संगीतकर्मीहरुले मजा लिएका छन् । शुक्रबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा...

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब नौ दिन मात्र बाँकी छ। प्रतियोगिताको तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ। जङ्गी अड्डामा आयोजित उक्त कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक...

सञ्चारमन्त्री खरेलद्वारा सवारी चालक अनुमति पत्र छपाइको उद्घाटन (तस्वीरहरू)

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी...

शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा...

काठमाडौं नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरू)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप...

यात्रा स्मृति : पाँचपोखरी पदयात्रामा जे देखियो (तस्वीरहरू)

तिहारको बिदा अगावै सहकर्मी साथी उत्सव र मेरो कतै...

धेरै पढिएको