नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना लागूऔषध मुद्दाका फरार अभियुक्त रहेको खुलेको छ।

एपीएफका अनुसार लागूऔषध भण्डारण तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुवर्ण थापा र सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट नेतृत्वको टोलीले सोमबार दिउँसो करिब १२ः३० बजे छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, सर्लाहीको मलंगवा नगरपालिका–८ का सुजन रायमाझी, काठमाडौं महानगरपालिका–१४ बल्खुका भूपेन्द्र श्रेष्ठ तथा ललितपुर महानगरपालिका–४ बागडोलका ५१ वर्षीय सविन श्रेष्ठ रहेका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रभात तिवारी लागूऔषध सम्बन्धी मुद्दाका फरार अभियुक्त रहेको खुलेको एपीएफले जनाएको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ।

कारबाहीका क्रममा प्रहरीले २९६.७५ ग्राम खैरो हेरोइन, बा ७ च ५१८० नम्बरको होन्डा कार, ट्रामाडोल २२० क्याप्सुल, नाइट्रोभेट १३० क्याप्सुल, चार थान एन्ड्रोइड मोबाइल, तीन थान ल्यापटप, एक थान प्रिन्टर, दुई थान सञ्चार सेट तथा लागूऔषधमा मिसाउन प्रयोग हुने २२ वटा रासायनिक पदार्थ (केमिकल) का बोतल बरामद गरेको जनाएको छ।

त्यसैगरी, एक लाख ९८ हजार ३७५ रुपैयाँ नगद, ३३ अमेरिकी डलर, २० भारतीय रुपैयाँ र एक हजार जापानी येन समेत बरामद भएको छ।

एपीएफ इन्टेलिजेन्स ब्युरोका अनुसार पछिल्लो एक महिनायता काठमाडौं उपत्यकामा सञ्चालन गरिएका विशेष अपरेशनमार्फत विभिन्न स्थानबाट लागूऔषध कारोबारी पक्राउ परेका छन् भने ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको एपीएफले जनाएको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूह, सल्यानले ‘क्लिक सल्यान’ नामक फोटो वाक अभियान सुरु गरेको छ। अभियानअन्तर्गत पहिलो कार्यक्रम...

भर्खरै

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका...

धेरै पढिएको