को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं – विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा निधन भएको पुष्टि भएको छ।

पुर्जा संस्थापक रहेको इलाइट एक्सपेड ले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी सार्वजनिक गरेको हो। पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार (साउन १४) मध्याह्नतिर गएको हिमपहिरोमा उनीसहित १० जना आरोही बेपत्ता भएका थिए। बेपत्तामध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। घटनापछि सुरु गरिएको खोज तथा उद्धार अभियानका क्रममा शुक्रबार चार जनाको शव फेला परेको थियो।

निर्मल पुर्जा उक्त आरोहण टोलीका नेता थिए। उनी विश्व पर्वतारोहण क्षेत्रमा साहस, नेतृत्व र असम्भवलाई सम्भव बनाउने व्यक्तित्वका रूपमा परिचित थिए।

सन् २०१९ मा उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए। यस उपलब्धिले नेपाललाई विश्व पर्वतारोहण क्षेत्रमा नयाँ उचाइमा पुर्‍याएको थियो। पछि उनको यस अभियानमाथि आधारित डकुमेन्ट्री ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ मार्फत पनि उनी विश्वभर चर्चित बने।

म्याग्दीमा जन्मिएका पुर्जा चितवनमा हुर्किएका थिए। १८ वर्षको उमेरमा बेलायती गोरखा सैनिकमा भर्ती भएका उनले करिब १६ वर्ष सैनिक जीवन बिताए, जसमध्ये ६ वर्ष गोरखा र १० वर्ष बेलायती स्पेसल बोट सर्भिस (एसबीएस) मा सेवा गरेका थिए। सन् २००९ मा उनी एसबीएसमा आबद्ध हुने पहिलो गोरखा सैनिक बनेका थिए।

सन् २०१२ देखि उनले पर्वतारोहण यात्रा सुरु गरेका थिए। सगरमाथा आधार शिविर भ्रमणपछि हिमालप्रतिको लगाव बढेपछि उनले लोबुचे इस्ट हिमालबाट औपचारिक आरोहण यात्रा थालेका थिए। त्यसपछि उनले विश्वका अग्ला हिमालहरूमा एकपछि अर्को ऐतिहासिक सफलता हासिल गर्दै अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा विशिष्ट पहिचान बनाएका थिए।

सन् २०२१ मा उनले १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै विश्वकै दोस्रो अग्लो हिमाल केटु (K2) को पहिलो सफल शीतकालीन आरोहण गरेर अर्को ऐतिहासिक कीर्तिमान पनि कायम गरेका थिए।

विश्वको १२औँ अग्लो हिमाल मानिने ब्रोड पिक अत्यन्त कठिन र जोखिमपूर्ण हिमालमध्ये एक हो। यही हिमालमा गएको हिमपहिरोले नेपालले एक विश्वप्रसिद्ध पर्वतारोही गुमाएको छ। निर्मल पुर्जाको निधनले नेपाली पर्वतारोहण क्षेत्र मात्र होइन, विश्व पर्वतारोहण समुदाय नै शोकमा डुबेको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका...

धेरै पढिएको