आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेल सुपर ओभरमा पुगेको छ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। विवेक यादव, अविनास बोहोरा, गुल्सन झा र सोमपाल कामीले समान १ विकेट लिए।

नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो । सन्दीपले पहिलो बल मोहम्मद नदीमलाई एक रन दिँदा दोस्रो बलमा आयन खानको विकेट लिएका थिए ।

लङअनमा आएन खान रोहित पौडेलबाट ८ रनमा क्याच आउट भएका थिए । अर्को बलमा एज लागेर सकिल अहमद क्याच आउट भएपछि तीन बलमा ओमानलाई जितको लागि ७ रन चाहिँएको थियो । चौथो बलमा फयाज बटले एक रन लिए । अन्तिम दुई बलमा ६ रन चाहिँएको थियो । पाँचौं बलमा चौका भएको थियो ।

अन्तिम बलमा ओमानले एक रन बटुलेपछि खेल सुपर ओभर भएको थियो । ओमानका कश्याप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here