बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश – कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित छ। यो क्षेत्र करिब १२० किलोमिटर लामो संसारकै सबैभन्दा लामो निर्वाध बलौटे समुद्री तट फैलिएको छ। कक्स बजारको नाम ब्रिटिस इस्ट इन्डिया कम्पनीका अधिकारी हिराम कक्सको नामबाट राखिएको रहेछ । यसलाई पहिले “पानोवा” र “पालोङ्की” नामले पनि चिनिदोरहेछ ।

त्यस क्षेत्रको भ्रमणका लागि बङ्गलादेश फोटोपत्रकार संघको निमन्त्रणामा राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, केन्द्रीय सदस्य मुकुन्द कालिकोटे, अनुप प्रधान, हरिस सिंह नगाल, सिन्धुली शाखा अध्यक्ष उद्धव श्रेष्ठ, पोखरा शाखा सचिव प्रेमबहादुर थापा, सदस्य रामशरण महर्जन ‘अजय’ लगायत रहेका थिए । १० सदस्यीय नेपाली फोटोपत्रकार टोली भ्रमणमा निस्किएको थियो। काठमाडौँबाट करिब १ घण्टाको हवाई यात्रापछि टोली ढाका पुगेको थियो। त्यहाँबाट गाडीमार्फत राति १ बजेदेखि सुरु भएको लामो यात्रा भोलिपल्ट दिउँसो १ बजे कक्स बजारमा पुगेर टुंगिएको थियो।

कक्स बजार पुगेर खाना पछि टोली अवलोकनका लागि समुद्री किनारतर्फ लाग्यो। हल्का सिमसिम पानी परेकाले सोचे जस्तो गर्मी अनुभव भएन। मौसमका कारण खुला रूपमा घुम्न नसकिए पनि छोटो समयमै समुद्रको शान्त र रमणीय अनुभव लिन टोली सफल भयो।

साँझ पर्नासाथ कक्स बजारका स्थानीय फोटोपत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली टोलीले आफ्ना अनुभव र दृष्टिकोण साझा गरेको थियो। त्यसपछि चियापानसँगै कार्यक्रम सम्पन्न गरी टोली होटलतर्फ फर्किएको थियो।

बिहान ६ बजे नै उठेर टोली पुनः समुद्री किनारतर्फ लाग्यो। उद्देश्य थियो—बिहानी चहलपहल र सूर्यदयको दृश्य कैद गर्नु। तर मौसमले साथ नदिँदा सूर्यदयको दृश्य खिच्ने अवसर भने गुम्यो। त्यसका बाबजुद पनि समुद्री किनारको सौन्दर्य र वातावरणको मज्जा टोलीले भरपुर लिइयो। विशेषगरी सचिव प्रविन कुलुङ राई र पोखरा शाखा सचिव प्रेमबहादुर थापाले समुद्री छालको आनन्द लिँदै निक्कै रमाइलो अनुभव बटुले। उनीहरूले समुद्रको लहरसँगको त्यो क्षणलाई अविस्मरणीय बनाएको दृश्य शब्दमा वर्णन गर्न कठिन थियो ।

 

कक्स बजार यात्रा मौसमका कारण केही सीमित भए पनि अनुभवका हिसाबले स्मरणीय रह्यो। समुद्री किनार, स्थानीय फोटोपत्रकारहरूसँगको भेटघाट र यात्राको रमणीयता—यी सबैले यो भ्रमणलाई विशेष बनायो। कक्स बजार घुमाउन सहज वातावरण मिलाइदिनुहुने बंगलादेशका सिनियर पत्रकार तथा फोटो पत्रकारहरू  क्वाजी रौनक हुसेन, बुलबुल अहमद,नुरुद्दिन अहमद, रफिकुर रहमान, एकेएम मोहसिन लगायत सबै सहयोगी मनहरूप्रति मनैदेखि धन्यवाद दिन चाहन्छौं ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको