बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश – कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित छ। यो क्षेत्र करिब १२० किलोमिटर लामो संसारकै सबैभन्दा लामो निर्वाध बलौटे समुद्री तट फैलिएको छ। कक्स बजारको नाम ब्रिटिस इस्ट इन्डिया कम्पनीका अधिकारी हिराम कक्सको नामबाट राखिएको रहेछ । यसलाई पहिले “पानोवा” र “पालोङ्की” नामले पनि चिनिदोरहेछ ।

त्यस क्षेत्रको भ्रमणका लागि बङ्गलादेश फोटोपत्रकार संघको निमन्त्रणामा राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, केन्द्रीय सदस्य मुकुन्द कालिकोटे, अनुप प्रधान, हरिस सिंह नगाल, सिन्धुली शाखा अध्यक्ष उद्धव श्रेष्ठ, पोखरा शाखा सचिव प्रेमबहादुर थापा, सदस्य रामशरण महर्जन ‘अजय’ लगायत रहेका थिए । १० सदस्यीय नेपाली फोटोपत्रकार टोली भ्रमणमा निस्किएको थियो। काठमाडौँबाट करिब १ घण्टाको हवाई यात्रापछि टोली ढाका पुगेको थियो। त्यहाँबाट गाडीमार्फत राति १ बजेदेखि सुरु भएको लामो यात्रा भोलिपल्ट दिउँसो १ बजे कक्स बजारमा पुगेर टुंगिएको थियो।

कक्स बजार पुगेर खाना पछि टोली अवलोकनका लागि समुद्री किनारतर्फ लाग्यो। हल्का सिमसिम पानी परेकाले सोचे जस्तो गर्मी अनुभव भएन। मौसमका कारण खुला रूपमा घुम्न नसकिए पनि छोटो समयमै समुद्रको शान्त र रमणीय अनुभव लिन टोली सफल भयो।

साँझ पर्नासाथ कक्स बजारका स्थानीय फोटोपत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली टोलीले आफ्ना अनुभव र दृष्टिकोण साझा गरेको थियो। त्यसपछि चियापानसँगै कार्यक्रम सम्पन्न गरी टोली होटलतर्फ फर्किएको थियो।

बिहान ६ बजे नै उठेर टोली पुनः समुद्री किनारतर्फ लाग्यो। उद्देश्य थियो—बिहानी चहलपहल र सूर्यदयको दृश्य कैद गर्नु। तर मौसमले साथ नदिँदा सूर्यदयको दृश्य खिच्ने अवसर भने गुम्यो। त्यसका बाबजुद पनि समुद्री किनारको सौन्दर्य र वातावरणको मज्जा टोलीले भरपुर लिइयो। विशेषगरी सचिव प्रविन कुलुङ राई र पोखरा शाखा सचिव प्रेमबहादुर थापाले समुद्री छालको आनन्द लिँदै निक्कै रमाइलो अनुभव बटुले। उनीहरूले समुद्रको लहरसँगको त्यो क्षणलाई अविस्मरणीय बनाएको दृश्य शब्दमा वर्णन गर्न कठिन थियो ।

 

कक्स बजार यात्रा मौसमका कारण केही सीमित भए पनि अनुभवका हिसाबले स्मरणीय रह्यो। समुद्री किनार, स्थानीय फोटोपत्रकारहरूसँगको भेटघाट र यात्राको रमणीयता—यी सबैले यो भ्रमणलाई विशेष बनायो। कक्स बजार घुमाउन सहज वातावरण मिलाइदिनुहुने बंगलादेशका सिनियर पत्रकार तथा फोटो पत्रकारहरू  क्वाजी रौनक हुसेन, बुलबुल अहमद,नुरुद्दिन अहमद, रफिकुर रहमान, एकेएम मोहसिन लगायत सबै सहयोगी मनहरूप्रति मनैदेखि धन्यवाद दिन चाहन्छौं ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको