चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ – अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको साझा मञ्च नेपाल चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्ष पदमा डा. सुरज कर्माचार्य निर्वाचित भएका छन्। उपाध्यक्षमा डा. जया सत्याल, सचिवमा डा. नरेन्द्र लामिछाने र कोषाध्यक्षमा डा. प्रसिद्ध खड्गी निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा डा. कमल शर्मा, डा. शरद पन्थी, डा. मञ्जु ज्ञवाली, डा. आनन्द केसी र डा. राधेश्याम शिल्पकार निर्वाचित भएका छन्।

समाजका निवर्तमान अध्यक्ष डा. झुलाराम अधिकारीका अनुसार शनिबार सम्पन्न वार्षिक साधारण सभाले उक्त कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। अध्यक्षमा चयन भएपछि अध्यक्ष डा. . सुरज कर्माचार्यले हालसम्म निजी रूपमा अकुपञ्चर सेवा विस्तारमा योगदान दिएको उल्लेख गर्दै अब समाजमार्फत अकुपञ्चर तथा चिनियाँ चिकित्साको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालको पहिलो अकुपञ्चर विशेषज्ञ डा. कर्माचार्य ब्लु लोटस अस्पताल र ब्लु लोटस हेल्थ होमका अध्यक्ष समेत हुन्।

वि.सं. २०७३ सालमा स्थापना भएको उक्त संस्था मुनाफारहित रूपमा जनहितमा कार्य गर्दै चिनियाँ चिकित्सा तथा अन्य परम्परागत उपचार पद्धतिहरूको विकास र प्रवर्द्धनमा क्रियाशील छ। संस्थाले अकुपञ्चर चिकित्सकहरूको सीप अभिवृद्धि, अनुसन्धान, तालिम तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यमार्फत अकुपञ्चर सेवा गुणस्तर सुधार गर्न योगदान पुर्‍याउँदै आएको छ। साथै, जनचेतना अभिवृद्धि गर्दै अकुपञ्चर तथा चाइनिज मेडिसिनलाई व्यवस्थित, गुणस्तरीय र वैज्ञानिक रूपमा अगाडि बढाउने लक्ष्य राखेको छ।

सिफारिस

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ । सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, ट्राफिक प्रवाहको विश्लेषण...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धेरै पढिएको