कप्तान रोहित र पूर्वकप्तान ज्ञानेन्द्रलाई एपीएफले दियो महत्वपूर्ण जिम्मेवारी

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नयाँ जिम्मेवारीका साथ नेपाल एपीएफ क्लबमा जोडिएका छन् । बिहीबार काठमाडौंको हल्चोकस्थित एपीएफको मुख्य कार्यलयमा रोहित कप्तान र ज्ञानेन्द्र मुख्य प्रशिक्षकको रुपमा सम्झौता गर्दै टोलीमा आवद्ध भएका हुन् ।

शनिबार देखी सुरु हुने प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय प्रतियोगितामा रोहित र ज्ञानेन्द्रको जोडीले एपीएफको टोली सम्हाल्नेछन् । ज्ञानेन्द्रले राष्ट्रिय स्तरमा पहिलो पटक प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । अघिल्लो महिनामात्रै ज्ञानेन्द्र, शक्ति गौचन र गण्डकीका रिजन प्रजुले सिंगापुर पुगेर आइसिसी लेभल टु कोचिङ कोर्ष गरेका थिए ।

नेपाली क्रिकेटका एक सर्वाधिक सफल ब्याटर ज्ञानेन्द्रले गत साउनमा खेलाडी करिअरबाट सन्न्यास लिएका थिए । ज्ञानेन्द्रसँग काठमाडौं क्रिकेट टेनिङ सेन्टरमा झन्डै एक दशक प्रशिक्षकको भूमिका निर्वाह गरेको अनुभव छ ।

ज्ञानेन्द्रले २०११ देखी २०१९ सम्म एपीएफमा रहेर टोलीको नेतृत्व गरेका थिए । त्यसपछि ज्ञानेन्द्रले घरेलु क्रिकेट बागमतीबाट खेलेका थिए । एपीएफले उनलाई दीर्घकालिन रुपमा हेरेको बताएको छ ।

सिफारिस

एनपीएल: विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा (तस्वीरहरू)

काठमाडौं - लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले...

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

धेरै पढिएको