फुट्सल प्रतियोगिता आयोजना गर्दै एनएफपिजे, आफ्नो टिम बनाउन थाल्यो प्रशिक्षण

काठमाडौँ –  राष्ट्रिय फोटो पत्रकार समूह,नेपाल (एनएफपिजे)ले आगामी चैत्र दोस्रो साता पत्रकारहरूबीच फुट्सल प्रतियोगिता आयोजना गर्ने गरि आफ्नो टिम बनाउन प्रशिक्षणमा जुटेको छ ।

शनिबार सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलमा फुट्सल प्रशिक्षण थालेको हो । विगत वर्षमा झैं यस वर्ष पनि विभिन्न सञ्चार संस्थामा आबद्ध भएका फोटो पत्रकार तथा पत्रकारहरुको टिमबीच फ्रेण्डसिप खेल आयोजना गर्दैछ ।

आगामी बैशाखमा बंगलादेशको फोटो पत्रकार लगायत नारायणगञ्ज क्वलका सदस्यहरूसँग तय भएको मैत्रिपूर्ण फुटबल खेलका लागि राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल एनएफपिजेले तयारी सुरु गरेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संस्थाका साथीहरू स्वस्थ पनि रहुन र अन्य संघसंस्थासंग पनि मैत्रिपूर्ण खेल खेल्न सकियोस् भन्ने उद्देश्यले फुट्सल मार्फत प्रशिक्षण थालेको एनएफपिजेका कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले बताए।

उनले बंगलादेशका फोटो पत्रकार साथीहरू पहिले देखि नै मैत्रिपूर्ण फुटबल खेल्न नेपाल आउन इच्छुक रहेकाले सो तयारी स्वरुप अभ्यास थालेको पनि जानकारी दिए ।

फुट्सल खेल्नको लागि शनिबार पहिलो दिन नै उत्साहजनक सहभागिता रहेको थियो । आगामी दिनमा प्रत्येक शनिबार संस्थाका साथीहरू मिलेर नियमित फुट्सल खेल्ने एनएफपिजेले जनाएको छ।

यसअघि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २५ औँ वार्षिक उपलक्ष्यमा पनि फुट्सल प्रतियोगिता आयोजना गरिएको थियो। जसमा १२ टिमले सहभागीता जनाएका थिए । प्रतियोगितामा हाम्रो फुटसल पत्रकार टिमले उपाधि जितेको थियो ।

सिफारिस

४ महिला नेतृत्वको फोटो राख्दै ओलीले लेखे– मलाई पनि खुसी लागेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् । ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्। जसअनुसार...

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास क्षेत्रमा अवस्थित छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

रामेछापमा पहिरोमा पुरिएर एकै घरका तीन किशोरीको मृत्यु

रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका...

गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं– सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त...

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा...

धेरै पढिएको