इतिहास रच्नबाट चुक्यो नेपाल, फाइनलमा जोर्डनसँग पराजित

काठमाडौँ – पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो ।

निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका लागि सविता रानामगरले निर्धारित समयको २८औँ मिनेटमा गोल गरेकी थिइन् । निर्धारित समयको ७३औँ मिनेटमा जोर्डनकी फेरासले जवाफी गोल गरिन् ।

यसैगरी ८९औँ मिनेटमा जोर्डनकी अबु साबाले गोल गर्दै आफ्नो टोलीलाई २-१ को अग्रता दिलाइन् । इन्जुरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी प्रहारको अवसर पायो । त्यो अवसरलाई सदुपयोग गर्दै नेपालका लागि गिता रानाले नेपालका लागि दोस्रो गोल गरिन् ।

गिताको गोलपछि निर्धारित समयको खेल २-२ को बराबरीमा पुगेको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गयो । तर, पेनाल्टी सुटआउटमा जोर्डनले नेपाललाई ५-३ गोलले हरायो ।

नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि चुम्नबाट चुक्यो । यसअघि पनि नेपालले १० पटक विभिन्न प्रतियोगिताको फाइनल खेल खेलेको थियो । तर, उपाधि भने चुम्न सकेको थिएन । प्रतियोगितामा नेपाल आमन्त्रित टोलीको रुपमा सहभागी भएको हो ।

सिफारिस

बसन्तपुरमा चिनियाँसंग नेपालका फोटो पत्रकारहरूको रंगीन होली उत्सव (तस्वीरहरू)

काठमाडौं – संस्कृति, सम्पदा र पर्यटन प्रवर्द्धनका लागि नेपाल आएका एक सयभन्दा बढी चिनियाँ फोटोग्राफरले काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा नेपाली फोटो पत्रकारहरूसँग होली...

गतलाङ गाउँ : प्राकृतिक सुन्दरताको खजाना (तस्वीरहरू)

रसुवा जिल्लाको पश्चिमी भागमा अवस्थित गतलाङ गाउँ नेपालका सुन्दर पर्यटकीय गन्तव्यहरू मध्ये एक हो। समुद्र सतहबाट २,२०० मिटर (७,२१८ फिट) उचाइमा रहेको यस गाउँ...

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा रवि धमला निर्वाचित

काठमाडौं – नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसन (NEMA) को प्रथम अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट रवि धमला अध्यक्ष पदमा निर्वाचित भएका छन्। संस्थापक अध्यक्ष तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गतलाङ गाउँ : प्राकृतिक सुन्दरताको खजाना (तस्वीरहरू)

रसुवा जिल्लाको पश्चिमी भागमा अवस्थित गतलाङ गाउँ नेपालका सुन्दर...

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा रवि धमला निर्वाचित

काठमाडौं – नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसन (NEMA) को प्रथम...

नेपाल भ्रमणमा १०० चिनियाँ फोटोग्राफर

काठमाडौं – नेपालको संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धनका लागि...

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम...

धेरै पढिएको