स्वस्तिश्री गुरुकुल बन्यो यू–१६ फुटसलको च्याम्पियन

काठमाडौँ — आयोजक स्वस्तिश्री गुरुकुलले तेस्रो एसजी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिता अन्तर्गत यू–१६ को उपाधि जितेको छ ।

आयोजककै हातामा सम्पन्न फाइनलमा स्वस्तिश्रीले पाठशाला नेपाल फाउन्डेसनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । पारामाउन्ट स्कुल तेस्रो भयो ।

स्वस्तिश्रीका रिहानमान जोशी उत्कृष्ट गोलरक्षक, स्वस्तिश्रीका आरोभ शर्मा उत्कृष्ट खेलाडी र पाठशालाका मनिल अधिकारी सर्वाधिक गोलकर्ता घोषित भए । निःसर्ग बाटिकाले फेयर प्ले ट्रफी हात पार्न सफल भयो ।

यू–१४ उमेर समूहमा रिब्स च्याम्पियन बन्यो । रिब्सले फाइनलमा स्वस्तिश्री गुरुकुललाई ३–० गोलले हरायो । रिब्सका ब्लेस गुरुङले २ र श्रमन गुरुङले १ गोल गरे । द एक्सेल्सियर स्कुल तेस्रो बन्न सफल भयो ।

रिब्स स्कुलका आयुश केसी उत्कृष्ट गोलरक्षक चुनिए भने रिब्सकै ब्लेस गुरुङ सर्वाधिक गोलकर्ता घोषीत भए । स्वस्तिश्रीका दीप खत्री उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश कक्षपती, ब्राइट फ्युचर स्कुलका प्रधानाध्यापक दयाराम थापा, राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सरु लिम्बू, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मीना महर्जनलगायतले पुरस्कृत गर्नु भएको थियो ।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको