सकियो ८ औं केबिन रोहन उपत्यका प्रतियोगिता, नेपाल ९ गोल्ड मेडलसहित पहिलो

काठमाडौं – नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औं केबिन रोहन उपत्यका प्रतियोगिता आज समापन भएको छ । काठमाडौंस्थित दक्षिणकाली –१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय सेमिनार एवं ८ औं केबिन रोहन उपत्यका प्रतियोगिता आयोजना भएको हो ।

आज भएको अन्तिम खेलमा नेपाल ९ वटा गोल्ड मेडल र ३२ वटा मेडलसहित पहिलो भएको छ भने भारतले दोस्रो र तेस्रो गरि ४ मेडल प्राप्त गरेको छ । प्रतियोगिताको समापन विनोद गुरुङको सभापतित्वमा भएको हो । प्रतियोगितामा भारतलगायत नेपालका सातै प्रदेशका खेलाडीहरू सहभागी थिए ।

प्रतियोगिताको समापन नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद राजन केसीले गरेका थिए । समापन कार्यक्रममा नेता केसीले स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने नाराका साथ खेलिएको खेल महत्वपूर्ण भएको बताए । खेल खेल्नाले शारिरिक र मानसिक रुपमा तन्दुरुस्त भई आत्मविश्वास समेत दरिलो हुने बताए। नेता केसीले खेल राष्ट्र चिनाउने माध्यम बनेको समेत बताए । आज भएको खेलमा खेलाडीले अत्यन्त अनुशासनका साथ खेलेकोमा खुशी लागेको बताए ।

प्रतियोगितामा अतिथिहरु दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख बसन्ती तामाङ अन्तराष्ट्रीय क्योकिसिन काईकान अलाइट संघका अध्यक्ष पेटर ल्वल , उपाध्यक्ष पेटर होगर्थ, अन्तर्राष्ट्रिय साबाकी कराते(दो तेसिन्काई संगठनका संस्थापक तथा अध्यक्ष (कान्चो) बेरी जोनस्टोन, अन्तराष्ट्रिय मार्सलआर्ट कन्सल्टेन्ट अमित न्यौपाने, नेपाल सोतोकानदो का अध्यक्ष नारायण खड्का, नेपाल सोतोकान कराते (skdun) वरिष्ठ उपाध्यक्ष बद्रि महत,नेपाल सोतोकान कराते (चिफकोच) महासचिव गोविन्द श्रेष्ठ, नेपाल वादोरियो कराते अध्यक्ष बाबुराम लामा,व्यवसायीर नेपाल किकोसिन कराते एलाइटका संस्थापक सदस्य रमेश(गगन) थापा, नेपाल कराते महासंघ सल्लाहकार र नेपाल सितोरियो संघका सदस्य विजय बस्नेत सहभागी थिए ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको