लिखु भुजी रामेछाप युवा क्लबले जित्यो ‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि

काठमाडौं – लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी)ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ। काठमाडौंको कपनमा आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारीलाई ८-२ गोलले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको रामेछाप–काठमाडौं पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिए।

यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले तेस्रो स्थान हासिल गरेको छ। साथीको चिया अड्डालाई ६-४ गोल अन्तरले पराजित गर्दै लिभुराले तेस्रो स्थान हासिल गरेको हो।

महासचिव पौडेलका अनुसार उपाधिसँगै लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी) ले शिल्डसहित ५० हजार नगद प्राप्त गरेको छ। यस्तै, दोस्रो भएको अखिल क्रान्तिकारीले ३० हजार र तेस्रो भएको लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले २० हजार रुपैयाँ, मेडल पुरस्कार प्राप्त गरेका छन्।

रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित रामेछाप जिल्ला भरिबाट १७ टोलीको सहभागिता थियो। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी लिगकम नकआउट प्रतियोगिता शनिबार र आइतबार सञ्चालन गरिएको थियो। रामेछाप जिल्लाबाट काठमाडौं उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो।

विजेता टोली र खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल, नेपाल खेलकुद महासंघ (नेकोस) बागमती प्रदेश कमिटीको अध्यक्ष सीताराम कार्की लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रथम संस्करणमा लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियुले उपाधि जितेको थियो।

सिफारिस

जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं - जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल...

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका मन्त्रीलाई आ–आफ्ना मन्त्रालयको काम प्रभावकारी बनाउन सातबुँदे निर्देशन जारी गरेका छन । बुढानिलकण्ठस्थित सभापति देउवा निवासमा...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पार्टीका मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका...

यस्ता छन् ओली सरकारले अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन...

युद्धविराम सम्झौतामा इजरायल र हमासले दिए यस्तो प्रतिक्रिया

गाजामा युद्धविराम र इजरायली बन्धकहरू रिहाइका लागि इजरायल र...

हमास र इजरायलले गरे युद्ध विरामको सहमति, छायो खुसीयाली

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध...

मौसम: यी भूभागमा हिमपात, केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

बढ्यो डिजेल र पेट्रोल मूल्य

काठमाडौँ - डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य...

धेरै पढिएको