वान डे सिरिजमा पनि नेपालको निराश , नेपाल ‘ए’ ६० रनमै अलआउट हुँदै आयरल्यान्डलाई उपाधि

काठमाडौं- आयरल्याण्ड ‘ए’ले एकदिवसीय क्रिकेट सिरिजको उपाधि एक खेल आगवै जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ लाई ११४ रनले पराजित गरेको हो।

यससँगै ३ खेलको एकदिवसीय सिरिजको उपाधि आयरल्याण्ड ‘ए’ ले २–० ले जितेको छ। पहिलो खेलमा भने आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ लाई २१ रन पराजित गरेको थियो।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६.५ ओभरमा ६० रनमा अलआउट भयो । नेपाल ‘ए’ का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाए।

अन्य ४ खेलाडीले दोहोरो अंक छुन सकेनन्। नरेन भट्टले ६, बसीर अहमद ६, अर्जुन साउद ५, र साहब आलमले १ रन बनाए। देव खनाल, मौसम ढकाल, रिजन ढकाल र आरिफ शेख भने डकआउट भए।

आयरल्याण्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रेजले ६ विकेट लिए। पहिलो पारीमा आयरल्याण्ड ‘ए’ ले ३८.४ ओभरमा १७४ रनमा अलआउट भएको थियो ।

आयरल्याण्ड ‘ए’ का लागि गेभिन होईले ५० र कप्तान निल रकले ४५ रन बनाए। नेपाल ‘ए’ का लागि रिजन ढकाल र साहब आलमले ३–३ विकेट लिए। मौसम ढकालले २ तथा कमल सिंह ऐरी १ विकेट लिए।

टस जितेर नेपालले बलिङ रोजेको थियो। नेपाल सिरिज बराबरी गर्ने योजनामा छ। सिरिजको पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो । तेस्रो तथा अन्तिम वान डै आइतबार हुनेछ ।

सिफारिस

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक

गैरअमेरिकी आमाबाबुका सन्तानलाई अमेरिकामा जन्मेका आधारमा नागरिकता दिने प्रावधान अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ। अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले...

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ। माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना...

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथद्वारा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष याङसंग भेट

न्यूयोर्क - मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु...

कहाँ गए १५ जना प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीको एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २...

बढुवा भएका प्रहरीका २५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ - नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक...

धेरै पढिएको