जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको आर्थिक सहयोगमा बैशाख २९ र ३० गतेसम्म संचालन भएकाे तेस्रो उपत्यका ब्यापि खुल्ला जुनियर उसु प्रतियोगिता गोकर्णेश्वोरमा सम्पन्न भएकाे छ।
१६ स्वर्ण पदकका लागि १८ उसु क्वानका करिब १७० भन्दा बढि खेलाडी सहभागी रहेको जोरपाटी उसु क्वानका अध्यक्ष तथा प्रतियोगिता संयोजक नारायण श्रेष्ठ ज्युले जानकारी दिए ।
प्रतियोगितामा ५ स्वर्ण १ रजत र १ कास्य पदक जित्दै किन्डर गार्डेन उसु क्वान टिम प्रथम, ४ स्वर्ण, ४ रजत र २ कास्यसहित बुद्ध प्रकाश उसु क्वान दाेस्राे, र ३ स्वर्ण १ रजत जित्दै पशुपति उसु क्वान तेस्राे हुन सफल भए।
प्रतियोगितामा थाओलुतर्फ पुरुष बुद्ध प्रकाशका समिर बस्नेत, महिलामा किन्डर गार्टेनकी बिपना तामाङ र सान्दा पुरुषतर्फ पशुपति उसु क्वानका अरुन सुनार महिलामा बुद्ध प्रकाशकी सारा तामाङ उत्कृष्ट खेलाडी चुनिए ।
प्रतियोगिताकाे समापनका प्रमुख अतिथि गाेकर्नेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाल ज्युले पदक बिजेता खेलाडीहरुलाई पदक तथा प्रमाण वितरण गर्नुका साथै विजेता टिम तथा खेलाडीहरुलाई शुभकामना व्यक्त गरी खेलकुद विकासमा सधै लागि रहने बताए।
उसु मुख्य प्रशिक्षक फत्त बहादुर लामा तथा नेपाल उसु महासंघका उपमहासचिव राजिव महर्जनले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई पदक तथा प्रमाण पत्र वितरणा गरे । सम्पूर्ण खेल अन्तर्राष्ट्रिय उसु नियममा संचालन गरिएकाे प्राविधिक संयाेजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए।