पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

काठमाडौं – राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो ।

बजेटसँगै संसदमा टेवुल हुने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गर्ने गरेको छ ।

आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमता अनुसार नै बजेट विनियोजन गर्ने गरी सुनिश्चित गरिएको छ ।

बैठकममा प्रधानमन्त्री प्रचण्डले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादम्यता नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताउनु भयो । कसरी हुन्छ नीति तथा कार्यक्रममा मिल्ने गरी जनमुखी बजेट निर्माणका लागि आफूले भनेको र सोही स्प्रिटमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री दाहालले बताउनु भयो ।

बैठकमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित, आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, मूख्यसचिव बैकुण्ठ अर्याल, तथा आयोगका सदस्य र सदस्य सचिव लगायतको उपस्थिति रहेको थियो

सिफारिस

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्। शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् । साथै उनले बेपत्ता यात्रुहरूको खोजी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

जाँदाजाँदै प्रचण्ड सरकारको मन्त्रिपरिषद् बैठकले के के गर्यो निर्णय ?

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र...

नेपाली सेनाका ३८ सय ८७ जना सैन्यहरू दीक्षित

काठमाडौं - विक्रम सम्वत् २०८० साल भाद्र ३ गतेदेखि...

धेरै पढिएको