वर्षाका कारण नेपाल र श्रीलंका बीचको खेल रद्द भएको छ।आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंका बीच आज बिहान खेल हुने तयारी थियो।
तर, लगातार पानी परेपछि खेल रद्द गरिएको हो। आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण खेल रद्द भएको छ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा खेल हुने तयारी थियो। तर, लगातार पानी परेपछि टससमेत नभइ खेल रद्द भएको हो।
पानी रोकिएपछि ग्राउण्ड स्टाफले मैदानको पानी सोस्ने काम गरेपनि पुनः वर्षा भएपछि टससमेत हुन सकेन। विश्वकप अन्तर्गत फ्लोरिडामा पहिलो खेल हुन लागेको थियो।
खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्। अंक बाँडेसँगै नेपालले २ खेलबाट १ अंक जोड्दै चौथो स्थानमा छ। तीन खेलबाट एक अंक बनाएको श्री लंका अंक तािलकाको पुछारमा छ।
नेपाल पहिलो खेल नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको थियो।
श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको हार व्यहोरेको थियो।