सन्दीपलाई अवरोध हुन सक्छ भनेर एक हप्ता अघि नै पारस र विनोदको योजनामा सुटुक्क क्यानडा पुर्‍यायौँ

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने वेस्ट इन्डिज आउन नेपालमा अवरोध हुन सक्छ भनेर एक हप्ताअघि नै सुटुक्क क्यानडा पुगेको जानकारी दिएका छन् । नेपाल ट्युब अस्ट्रेलियासँग कुराकानी गर्दै चन्दले सन्दीप क्यानडामा नै बसेर एक हप्तादेखि अभ्यास गरिरहेको पनि जानकारी दिएका हुन् ।

उनले भने, ‘सन्दीप अफिसियल्ली हिजोमात्र वेस्ट इन्डिज पुगेका हुन् । तर, एक हप्ता अघि नै उनी नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । क्यानडाको टोरन्टोबाट वेस्ट इन्डिजमा हप्ताको एक दिनमात्र फ्लाइट रहेछ । फेरि क्यानले चार्टर्ड फ्याइट गर्ने अवस्था थिएन ।’

उनले भने, ‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए । यसमा पूर्वप्रशिक्षक पुबुदु दासनायकेले पनि भित्री रूपमा सहयोग गर्नुभयो ।’

उनले अमेरिकाको भिसा नपाए पनि वेस्ट इन्डिजमा खेलाउन कुनै कसर बाँकी नराख्ने भनेर क्यानले प्रयास गरेको खुलाए । यसका लागि पारस खड्का र विनोद दासलाई जिम्मा दिइएको उनको भनाई छ । ‘विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्‍याएका हौँ । यसमा हामी सफल भएका छौँ ,’ उनले भने ।

चन्दले नेपाललाई विश्वकपमा पुर्‍याउन सबैको भूमिका भए पनि सन्दीपको विशेष रहेको बताए ।

‘त्यसमा पनि सन्दीपको प्रमुख भूमिका थियो । अमेरिकाले भिसा उपलब्ध नगराएपछि कुनै हालतमा वेस्ट इन्डिजमा खेलाउने रणनीति थियो’, उनले भने, ‘उनलाई क्यानडा हुँदै वेस्ट इन्डिज पुर्‍याउन सचिव पारस र व्यवस्थापक विनोदले विशेष सक्रियता देखाए । उनी एक हप्ताअघि नेपालमा पनि अभ्यासरत थिए, क्यानडा हुँदै वेस्टइन्डिजमा पनि बलियो मनोबलसहित प्रशिक्षणरत छन् ।’

उनले सन्दीप राम्रो मनोबलमा रहेकाले विश्वकपमा छाप छाड्न सक्ने पनि बताए । ‘उसको जन्म क्रिकेट खेल्नकै लागि भएको हो । उसले नेपालले आशा गरेअनुरुप खेल्नेछ’, चन्दले प्रशंसा गर्दै भने ।

सिफारिस

आन्द्रेसको शतकमा लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित

लुम्बिनी लायन्सविरुद्ध नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पारेको छ। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो। एनपीएलको कीर्तिमानी जित...

पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच मिल्यो भागबन्डा

 प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा भागवण्डा गर्ने सहमति गरेको छ । मंसिर २८ गते हुने निर्वाचनमा युनियन र चौतारीले मिलेर...

कीर्तिपुरमा शिखर धवनको विभिन्न पोज (तस्वीरहरु)

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण रहेका भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट खेल खेलिरहेका छन् । धवनको टीम कर्णालीले आज...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच मिल्यो भागबन्डा

 प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा...

कीर्तिपुरमा शिखर धवनको विभिन्न पोज (तस्वीरहरु)

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण...

एनपीएल: कर्णाली याक्सले पहिलो जित दर्ता गर्दाको क्षण (तस्वीरहरू)

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग...

लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य, कप्तान रोहितले बनाए ९५ रन

कप्तान रोहित पौडेलको विष्फोटक ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर...

नेपाल प्रहरीले माग्यो ११६५ जवान पदमा नयाँ भर्ना, कसरी दिने आवेदन ?

नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल...

मौसम : तराइमा हुस्सु लाग्ने, बाँकी भू-भागमा मौसम मुख्यतया सफा

काठमाडौं– हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको...

धेरै पढिएको