पेट्रोलियम ट्यांकर चालकले गरे सरकारसंग ४ बुँदे सहमति, कहिलेबाट खुल्छ पेट्रोल पम्प?

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति जुटेको छ। सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयका पदाधिकारीबीच छलफल भएको थियो।

छलफलपछि १५ दिनभित्र मागहरू पूरा गर्नेगरी ४ बुँदे सहमति जुटेको हो।

१५ दिनभित्र प्रतिवेदन पेस गर्नका लागि नेपाल आयल निगमका कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुनेगरी उपसमिति बनाइएको छ।

१५ दिनभित्र मागहरू पूरा गर्ने सहमति भएसँगै आइतबारदेखि जारी अवरुद्ध अन्त्य हुने जनाइएको छ। छलफलपछि आयोजित पत्रकार सम्मेलनमा आजैबाट बन्द रहेका पेट्रोल पम्प खुल्ने जानकारी गराइएको छ।

७ बुँदे माग राखेर पेट्रोलियम ट्यांकर चालक संघका चालकहरू हड्तालमा उत्रिएका थिए। आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको माग राखेका थिए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको