विश्वकपको समूह चरणबाटै बाहिरिएपछि न्यूजिल्याण्डका कप्तान विलियम्सनले दिए राजीनामा

काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएपछि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले बुधबार क्रिकेट बोर्डलाई राजीनामा पत्र बुझाएका हुन् ।

साथै, विलियम्सनले सन् २०२४/२५ सिजनका लागि नयाँ केन्द्रीय सम्झौता गर्न पनि अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

३३ वर्षीय विलियम्सनले समर सिजनमाम विदेशी लिग खेल्न केन्द्रीय सम्झौता नगरेको बताए । त्यो समय बाहेक भने आफू न्युजिल्यान्डबाट खेल्न सधैं तयार रहने उनले जानकारी दिए ।

‘म टोलीलाई हरेक तरिकाले अगाडि बढाउन मद्दत गर्न मन पराउँछु र यसमा योगदान गरिरहन चाहन्छु। तर, म न्युजिल्याण्डको समरमा विदेशी लिगमा खेल्ने मौका खोज्दैछु त्यसैले म केन्द्रीय सम्झौता स्वीकार गर्न सक्दिनँ।’ विलियम्सनले भने ।

विलियम्सनले सन् २०१० देखि न्युजिल्यान्डका लागि १०० टेस्ट, १६५ एकदिवसीय र ९३ टी-२० खेल खेलेका छन्। उनले टेस्टमा ८७४३ रन, एकदिवसीयमा ६८१० र टी–२० मा २५७५ रन बनाएका छन् । यस बाहेक उनी कहिलेकाहीं बलिङ गर्दै पनि देखिन्छन् ।

विलियम्सन दायाँ हाते अफ स्पिनर हुन्। उनले टेस्टमा ३०, एकदिवसीयमा ३७ र टी–२० मा ६ विकेट लिएका छन् ।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको