सुपर ८ बाट अस्ट्रेलिया बाहिरिएपछि वार्नरले लिए संन्यास

अस्ट्रेलियाका ओपनर ब्याटर डेभिड वार्नरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि संन्यासको घोषणा गरेका छन्। अमेरिका र वेस्टइन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे क्रिकेट करियरमा पूर्णविराम लगाएका हुन्।

अस्ट्रेलिया सोमबार बेलुका भएको खेलमा भारतसँग पराजित भएको थियो। जुन खेलमा वार्नरले ६ बलमा मात्रै ६ रन जोडेका थिए। यो नै उनको अन्तर्राष्ट्रिय टी–२० करियरको अन्तिम इनिङ्स बन्न पुग्यो।

पहिलो ओभरको अन्तिम बलमा आउट भएर मैदानबाट बाहिरिँदै गर्दा पनि उनका लागि राष्ट्रिय जर्सीमा यही खेल अन्तिम हुने निश्चित भइसकेको थिएन।

वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट भने यसअघि नै संन्यास लिइसकेका थिए।

गत नोभेम्बरमा एक दिवसीय विश्वकपको फाइनलमा भारतलाई हराएपछि एक दिवसीय क्रिकेटबाट संन्यास लिएका उनका लागि टी–२० को अन्तिम खेल पनि भारतविरुद्ध नै हुन पुग्यो।

तर एक दिवसीयबाट विदा हुँदा जस्तो टी–२० को अन्तिम खेलको नतिजा भने हुने सकेन। उनले टेस्टको अन्तिम खेल गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेका थिए।

३७ वर्षका वार्नरले टी–२० र एक दिवसीयमा सन् २००९ को जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए।

त्यसको दुई वर्षपछि सन् २०११ मा न्युजिल्यान्डविरुद्ध टेस्ट क्रिकेट खेले। तर उनको संन्यास घोषणा भने अकस्मात् बन्यो।

मंगलबार बिहान बंगलादेश अफगानिस्तानसँग नाटकीय रुपमा पराजित हुँदा यसको नमिठो धक्का अस्ट्रेलियाले व्यहोर्नुपर्‍यो। यदि यो खेलमा बंगलादेश विजयी भएको भए अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्ने थियो।

सुपर ८ का सबै खेल हारेको बंगलादेशको नतिजाले अस्ट्रेलियालाई पनि निराश बनाएको हो। सुपर ८ मा अस्ट्रेलियाले बंगलादेशलाई मात्रै जित्यो।

अफगानिस्तान र भारतसँग पराजित हुँदा उसले सेमिफाइनलका लागि बंगलादेशको नतिजा कुर्नुपर्‍यो, तर नतिजा आफूअनुकूलको आउन सकेन।

यही नतिजापछि अस्ट्रेलियन ब्याटर वार्नरले ११० खेलमा टी–२० करियर अन्त्य गरे। उनका ओपनिङ पार्टनर ट्राभिस हेडले वार्नरको करियरको अन्त्यको लागि यो निराशाजनक तरिका हुने बताएका छन्।

वार्नरको सन्यासअघि हेडले भने, ‘यदि वार्नरको करियर यसरी समाप्त भयो भने हामी निराश हुनेछौँ। जहाँ हामी अर्को खेल हेर्नुपर्छ।’

उनले अस्ट्रेलियाको क्रिकेटमा सबै फर्म्याटमा शीर्ष स्थानमा के योगदान पुर्‍याए भन्नेबारे बोलेका थिए।

उनले टी–२० क्रिकेटमा ३ हजार २७७ रन बनाएका छन्। टेस्ट खेलमा ८ हजार ७८६ रन र १६१ एक दिवसीय खेलबाट ६ हजार ९३२ रन बनाएका छन्। एजेन्सी

सिफारिस

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक

गैरअमेरिकी आमाबाबुका सन्तानलाई अमेरिकामा जन्मेका आधारमा नागरिकता दिने प्रावधान अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ। अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले...

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ। माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना...

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथद्वारा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष याङसंग भेट

न्यूयोर्क - मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु...

कहाँ गए १५ जना प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीको एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २...

बढुवा भएका प्रहरीका २५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ - नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक...

धेरै पढिएको