सुपर ८ बाट अस्ट्रेलिया बाहिरिएपछि वार्नरले लिए संन्यास

अस्ट्रेलियाका ओपनर ब्याटर डेभिड वार्नरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि संन्यासको घोषणा गरेका छन्। अमेरिका र वेस्टइन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे क्रिकेट करियरमा पूर्णविराम लगाएका हुन्।

अस्ट्रेलिया सोमबार बेलुका भएको खेलमा भारतसँग पराजित भएको थियो। जुन खेलमा वार्नरले ६ बलमा मात्रै ६ रन जोडेका थिए। यो नै उनको अन्तर्राष्ट्रिय टी–२० करियरको अन्तिम इनिङ्स बन्न पुग्यो।

पहिलो ओभरको अन्तिम बलमा आउट भएर मैदानबाट बाहिरिँदै गर्दा पनि उनका लागि राष्ट्रिय जर्सीमा यही खेल अन्तिम हुने निश्चित भइसकेको थिएन।

वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट भने यसअघि नै संन्यास लिइसकेका थिए।

गत नोभेम्बरमा एक दिवसीय विश्वकपको फाइनलमा भारतलाई हराएपछि एक दिवसीय क्रिकेटबाट संन्यास लिएका उनका लागि टी–२० को अन्तिम खेल पनि भारतविरुद्ध नै हुन पुग्यो।

तर एक दिवसीयबाट विदा हुँदा जस्तो टी–२० को अन्तिम खेलको नतिजा भने हुने सकेन। उनले टेस्टको अन्तिम खेल गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेका थिए।

३७ वर्षका वार्नरले टी–२० र एक दिवसीयमा सन् २००९ को जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए।

त्यसको दुई वर्षपछि सन् २०११ मा न्युजिल्यान्डविरुद्ध टेस्ट क्रिकेट खेले। तर उनको संन्यास घोषणा भने अकस्मात् बन्यो।

मंगलबार बिहान बंगलादेश अफगानिस्तानसँग नाटकीय रुपमा पराजित हुँदा यसको नमिठो धक्का अस्ट्रेलियाले व्यहोर्नुपर्‍यो। यदि यो खेलमा बंगलादेश विजयी भएको भए अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्ने थियो।

सुपर ८ का सबै खेल हारेको बंगलादेशको नतिजाले अस्ट्रेलियालाई पनि निराश बनाएको हो। सुपर ८ मा अस्ट्रेलियाले बंगलादेशलाई मात्रै जित्यो।

अफगानिस्तान र भारतसँग पराजित हुँदा उसले सेमिफाइनलका लागि बंगलादेशको नतिजा कुर्नुपर्‍यो, तर नतिजा आफूअनुकूलको आउन सकेन।

यही नतिजापछि अस्ट्रेलियन ब्याटर वार्नरले ११० खेलमा टी–२० करियर अन्त्य गरे। उनका ओपनिङ पार्टनर ट्राभिस हेडले वार्नरको करियरको अन्त्यको लागि यो निराशाजनक तरिका हुने बताएका छन्।

वार्नरको सन्यासअघि हेडले भने, ‘यदि वार्नरको करियर यसरी समाप्त भयो भने हामी निराश हुनेछौँ। जहाँ हामी अर्को खेल हेर्नुपर्छ।’

उनले अस्ट्रेलियाको क्रिकेटमा सबै फर्म्याटमा शीर्ष स्थानमा के योगदान पुर्‍याए भन्नेबारे बोलेका थिए।

उनले टी–२० क्रिकेटमा ३ हजार २७७ रन बनाएका छन्। टेस्ट खेलमा ८ हजार ७८६ रन र १६१ एक दिवसीय खेलबाट ६ हजार ९३२ रन बनाएका छन्। एजेन्सी

सिफारिस

 माघ ३ देखि दक्षिणकालीमा दोस्रो शहीद मानबहादुर स्मृति कप हुने

फर्पिङ — दक्षिणकाली नगरपालिकामा ‘दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२’ वडास्तरीय फुटबल प्रतियोगिता माघ ३ गतेदेखि सुरु हुने भएको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानको...

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् । माघीको अवसरमा झाँकीसहित र्‍याली लिएको थियो । वसन्तपुरमा भेला भएर थारु समुदायका...

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व...

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

धेरै पढिएको