काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत उनी आजै पक्राउ परेका थिए ।
उनलाई प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं ल्याइएको थियो ।
साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।