ब्याटिङ लाइनमा समस्या देखिँदा नेपालको लगातार तेस्रो हार

ब्याटिङ लाइनमा लगातार समस्या देखिँदा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ।

क्याडनसँग भने नेपालले लगातार दोस्रो हार भोगेको छ। आइतबार राति भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित हुँदा हारको शृङ्खलालाई जारी राखेको हो।

सिरिजको पहिलो खेलमा नेपाली टोलीले क्यानडासँग १ सय ३ रनको फराकिलो हार व्यहोरेको थियो। सिरिजको दोस्रो खेलमा भने ओमानसँग नेपाल १ विकेटले पराजित भएको थियो।

नेपालले दिएको १ सय ८२ रनको मध्यम लक्ष्य घरेलु टोलीले ४२ ओभरमा ५ विकेटको क्षतिमा भेटटयो।

क्यानडाका लागि नवनित डालीवालले सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान लिए। उनले १ सय १३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। पारगत सिंहले ६४ रन थपे। उनले ८३ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

हर्ष ठाकेरले १३ र कप्तान निकोलस पुरन ११ रनमा अविजित रहे। नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए। करण केसी, ललित राजवंशी र गुल्सन झाले समान एक एक विकेट लिए।

त्यसअघि क्यानडाको किंग सिटीमा टस जितेर ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १ सय ८१ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले बनाएको ४९ रन नै सर्वाधिक रह्यो। ४८ बलमा ५ चौका र १ छक्का हानेका लामिछाने अर्धशतक नजिक पुगेर चुके।

क्यानडाविरुद्ध खराब प्रर्दशन गरेको नेपाल एक समय २७.१ ओभरमा ७–८७ को स्थितिमा थियो।

आठौँ विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ५५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। सोमपाल २१ रन बनाउँदा साद विन जफरको बलमा बोल्ड आउट भए।

नेपालको शीर्षक्रमको ब्याटिङलाइन ध्वस्त हुँदा मध्यक्रमका ब्याटर दबाबका बीच लामो समय क्रिजमा सकेनन्। करण केसी २४ रनमा क्याच आउट भए।

ओपनर अर्जुन साउद र पाचौँ नम्बरमा ब्याटिङमा आएका आरिफ शेखले समान १० रन बनाएर पेभेलियन फर्के।

एक समय नेपाली टोली १२ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदा ३६ रनको दयनिय अवस्थामा पुगेको थियो।

आशिफ शेख २, भिम सार्की ४, कप्तान रोहित पौडेल ४ र अनिल शाह १ रनमा आउट भए। गुल्सन झा ३४ रन बनाउँदा क्याच आउट हुन पुगे।

क्यानडाका लागि कलिम साना एक्लैले तीन विकेट लिए। हर्ष ठाकेर र डिलोन हेलिगंरले समान २ विकेट लिए। प्रविन कुमार र सादविन जफरले एक–एक विकेट आफ्नो नाममा गरे।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको