ब्याटिङ लाइनमा समस्या देखिँदा नेपालको लगातार तेस्रो हार

ब्याटिङ लाइनमा लगातार समस्या देखिँदा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ।

क्याडनसँग भने नेपालले लगातार दोस्रो हार भोगेको छ। आइतबार राति भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित हुँदा हारको शृङ्खलालाई जारी राखेको हो।

सिरिजको पहिलो खेलमा नेपाली टोलीले क्यानडासँग १ सय ३ रनको फराकिलो हार व्यहोरेको थियो। सिरिजको दोस्रो खेलमा भने ओमानसँग नेपाल १ विकेटले पराजित भएको थियो।

नेपालले दिएको १ सय ८२ रनको मध्यम लक्ष्य घरेलु टोलीले ४२ ओभरमा ५ विकेटको क्षतिमा भेटटयो।

क्यानडाका लागि नवनित डालीवालले सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान लिए। उनले १ सय १३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। पारगत सिंहले ६४ रन थपे। उनले ८३ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

हर्ष ठाकेरले १३ र कप्तान निकोलस पुरन ११ रनमा अविजित रहे। नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए। करण केसी, ललित राजवंशी र गुल्सन झाले समान एक एक विकेट लिए।

त्यसअघि क्यानडाको किंग सिटीमा टस जितेर ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा १ सय ८१ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले बनाएको ४९ रन नै सर्वाधिक रह्यो। ४८ बलमा ५ चौका र १ छक्का हानेका लामिछाने अर्धशतक नजिक पुगेर चुके।

क्यानडाविरुद्ध खराब प्रर्दशन गरेको नेपाल एक समय २७.१ ओभरमा ७–८७ को स्थितिमा थियो।

आठौँ विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ५५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। सोमपाल २१ रन बनाउँदा साद विन जफरको बलमा बोल्ड आउट भए।

नेपालको शीर्षक्रमको ब्याटिङलाइन ध्वस्त हुँदा मध्यक्रमका ब्याटर दबाबका बीच लामो समय क्रिजमा सकेनन्। करण केसी २४ रनमा क्याच आउट भए।

ओपनर अर्जुन साउद र पाचौँ नम्बरमा ब्याटिङमा आएका आरिफ शेखले समान १० रन बनाएर पेभेलियन फर्के।

एक समय नेपाली टोली १२ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदा ३६ रनको दयनिय अवस्थामा पुगेको थियो।

आशिफ शेख २, भिम सार्की ४, कप्तान रोहित पौडेल ४ र अनिल शाह १ रनमा आउट भए। गुल्सन झा ३४ रन बनाउँदा क्याच आउट हुन पुगे।

क्यानडाका लागि कलिम साना एक्लैले तीन विकेट लिए। हर्ष ठाकेर र डिलोन हेलिगंरले समान २ विकेट लिए। प्रविन कुमार र सादविन जफरले एक–एक विकेट आफ्नो नाममा गरे।

सिफारिस

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

धेरै पढिएको