भाटभटेनीका अध्यक्ष गुरुङले बाढी पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने

काठमाडौँ – भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जनाएका छन् ।

उनले पछिल्लो अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए । उनले भने, ‘अहिले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेको छु ।’ भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए ।

बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् । अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ ।

गुरुङले यसअघि डा.भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन् । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ । अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए ।

त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए । कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए । त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् ।

गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन् । उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो र उनीहरू सो बापत् केवल स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता दिएका थिए ।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको