म अमेरिका भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।

‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन’, प्रधानमन्त्री ओलीले भने, ‘म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो । राखियो ।’ उनले समस्याहरू हाम्रो देशका मात्र नभएको भन्दै विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको बताए ।

‘ग्लोबल समस्या भएकाले सबै मिलेर गर्नुपर्छ । त्यसरी नै अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ क्षति पुर्‍याउने कुरामा हात नभए पनि बढी मार सहनुपरेको छ । त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ’, उनले संयुक्त राष्ट्रसंघको महासभा र साइडलाइन भेटवार्ताहरूबारे जानकारी दिँदै भने, ‘जसले बढी बिगारेको छ उसले बढी क्षतिपूर्ति र सपार्न पनि लगानी गर्नुपर्छ भनिएको छ ।’

पत्रकार सम्मेलनमा भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो । त्यसक्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता र उपस्थिति उपलब्धिमूलक रहेको बताइएको छ । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्रीले नेपालको परिपूर्ण लोकतन्त्र, मानवअधिकार, सामाजिक सुरक्षालगायतका विषयमा प्रकाश पार्नुका साथै नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, जलवायु परिवर्तन र त्यसले हिमाली राष्ट्रमा पारेको प्रभाव तथा चुनौतीका सन्दर्भमा विश्वका राष्ट्रको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीको १० दिने अमेरिका भ्रमणका क्रममा अमेरिकाका राष्ट्रपतिका साथै अन्य मुलुकका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरूसँग पनि भेटवार्ता र नेपालको चासो र सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भ्रमबारे जानकारी गराएका थिए ।

सिफारिस

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्। बुधबार...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा वेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गर्नुभएको छ । विस २०८० असार २...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ (तस्वीरहरू)

प्रहरी प्रधान कार्यालयले ३० वर्ष सेवा अवधि पूरा गरी...

को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा...

सशस्त्र प्रहरीले गर्यो प्रहरी महानिरीक्षक कुँवरलाई बिदाइ (तस्वीरहरू)

काठमाडौँ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौँ - अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट...

धेरै पढिएको