काठमाडौँ – भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेका परिवारका लागि राहत उपलब्ध गराउन सरकारले विपद कोषमा एक अर्ब रकम निकासा गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए। त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको र सांसदहरुको १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय पनि भएको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मंगलबार) पत्रकारसम्मेलन गरी राहत प्याकेज घोषणा गर्ने पनि निर्णय भएको जनाइएको छ।