देवी महर्जनलाई लायन्स क्लब अफ काठमाडौँ हिमचुलीको अध्यक्षको कार्यभार हस्तान्तरण

ललितपुर- लायन्स क्लब अफ काठमाडौँ हिमचुली २०२४ / २५ को अध्यक्ष देवी महर्जनलाई कार्यभार हस्तान्तरण गरिएको छ । सोमबार ललितपुरको सानागाउँस्थित नेवा: फल्चामा आयोजना गरिएको ‘Induction Installation’ कार्यक्रमकाबीच यसअघिका अध्यक्ष देबेन्द्र गुरुङले कार्यभार हस्तान्तरण गरेका हुन्।

कार्यभार हस्तान्तरणसंगै प्रमुख अतिथि डिस्ट्रिक गभर्नर डा. कमल बहादुर कायस्थले अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई आफ्नो काम कर्तव्यबारे अवगत गराउँदै पद तथा गोपनियताको सपथसंगै लायनवादको मूलमर्म अनुसार आफ्ना परियोजना अघि बढाउन निर्देशन दिए ।

कार्यभार सम्हालेपछि कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले आगामी दिनमा क्लवले गर्ने योजना प्रस्तुत गर्दै सबैको साथ र सहयोगको अपेक्षा रहेको बताइन् ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै फस्ट भाइस डिस्ट्रिक गभर्नर विधान जोशीले अध्यक्ष महर्जनको टीमले लायन्स क्लब अफ काठमाडौँ हिमचुलीलाई अब्बल क्लब सावित गर्नेमा आफू आशावादी रहेको बताए ।

त्यस्तै डिस्ट्रिक को-चिफ एड्भाइजर तथा च्याप्टर प्रेसिडेण्ट अच्युत गुरागाईंले अहिलेसम्म हिमचुली लायन्सले गरिरहेका सामाजिक काम सबैका लागि उदाहरणीय भएको बताएका थिए ।

कार्यक्रममा डिस्ट्रिक गभर्नर डा.  कमल बहादुर कायस्थ, फस्ट भाइस डिस्ट्रिक गभर्नर विधान जोशी, सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर उत्तम प्रसाद कायस्थ, डिस्ट्रिक को-चिफ एड्भाइजर तथा च्याप्टर प्रेसिडेण्ट अच्युत गुरागाईं, डिस्ट्रिक लोकल गभर्मेन्ट तथा कर्पोरेट पार्टनरशिप कोअडिनेटर जितेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको