सोह्रश्राद्ध सकिँदै, आज पितृपक्षको अन्तिम दिन

काठमाडौं– आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्ष (सोह्रश्राद्ध) को विधिवत् समापन हुँदैछ । आज अन्तिम दिन औँसी श्राद्ध गरिनेछ ।

आज काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लागेको छ ।

पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध भनिन्छ ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने चलन छ । पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गापक्ष अर्थात् बडादशैँ सुरु हुँदैछ ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भन्ने हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख छ ।

सोह्रश्राद्धमा श्राद्ध गर्नाले पितृऋणबाट मुक्ति भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, देह त्याग गरेको तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथिमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित छन् । पितृपक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने मान्यता पनि छ ।

सिफारिस

भुटान पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा ‘रेड कार्पेट’सहितको स्वागत

निजी भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन्। ५ सदस्यीय टोलीसहित पूर्वराजा शाह बिहीबार भुटान गएका हुन्। उनलाई राजधानी थिम्पुमा राजकुमारीले स्वागत गरेकी छिन्।...

बीपी राजमार्ग दशैंअघि खुल्ला ? मन्त्रालयले दियो यस्तो जवाफ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको...

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बीपी राजमार्ग दशैंअघि खुल्ला ? मन्त्रालयले दियो यस्तो जवाफ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं...

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ ।...

त्रिदेशीय टी-२० क्रिकेट: ओमानविरुद्ध नेपालको शानदार जित

क्यानडा – कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध...

सुरु भयो दशैं, आज घटस्थापना

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने...

फेरि देशभर मनसुनी वायु सक्रिय : कोशी र बागमतीमा भारी वर्षा

काठमाडौं – देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी...

टी–२० सिरिज: घरेलु टोली क्यानडासँग नेपाल पराजित

ओमानसम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली...

धेरै पढिएको