टी–२० सिरिज: घरेलु टोली क्यानडासँग नेपाल पराजित

ओमानसम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु टोली क्यानडासँग पराजित भएको छ।

मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको हो। सिरिजको अघिल्लो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो।

पछिल्लो समय नेपाली टोली एक दिवसीय र टी २० का समान दुई खेलमा क्यानडासँग पराजित भएको छ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य क्यानडाले ३ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। क्यानडाका साद विन जफर ३३ र रविन्द्रपाल सिंह २० रनमा अविजित रहे।

कप्तान निकोलस किर्तन २६ र ओपनर दिलप्रित बाज्वा २५ रनमा पेभेलियन फर्के।

नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामीले एक विकेट झारे।

त्यसअघि किंग सिटीमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर अनिल शाह र आशिफ शेखले १ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए पनि त्यसपछिका ब्याटरले आक्रमक खेल प्रस्तु गर्न सकेनन्।

अनिल शाह ४१ र आशिफ शेख ३० रनमा आउट भए। कुशल भुर्तेल १३ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। गुल्सन झा २३ र करण केसी ८ रनमा अविजित रहे।

सिरिजको अन्तिम खेलमा नेपालले आज बुधबार ओमानसँग खेल्नेछ। ओमानसँगको पहिलो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो।

सिरिजपछि नेपाली टोली आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजका लागि अमेरिका प्रस्थान गर्नेछ।

सिफारिस

मौसम: कोसीको उच्च भूभागमा आज हिमपात, अन्य ठाउँको के छ ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) देशका अधिकांश स्थानको मौसम मुख्यतया सफा छ। तराई, खोँच तथा उपत्यकाका क्षेत्रका थोरै स्थानमा...

मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा लाेकविजय अधिकारीका अनुसार बिहीबार बिहान ७...

रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप बनाएको दाबी गर्दै सन् २०२५ भित्र संसारभर उपलब्ध गराउने जनाएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मनाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय...

रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ ।...

हिरासतमा सुतिरहेको यो तस्बिर रवि लामिछानेकै हो ?

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

एक महिनासम्म रहनेछ चीनको बिन्जाओसहित विभिन्न शहरमा एनएफपिजेको फोटो प्रर्दशनी

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनको...

चिनियाँ शासनको २५औँ वर्षगाँठ मनाउन राष्ट्रपति सी मकाउमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको