मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दशैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ ।

मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् ।

मिथिलाका देवी शक्तिपीठहरुमा कन्याकुमारीहरुले आज धार्मिक महत्वका नदी र सरोवरबाट माटाका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै सोही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्तीबस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् ।

महोत्तरीका प्रसिद्ध देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाईस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित राजदेवीस्थानमा घटस्थापनाका लागि कलश यात्रा भएको छ । रातु, मरहा, दुधमती नदी र पुरन्दर, वरुण, भार्गव, लक्ष्मीसागर र ध्रुवकुण्डसहितका सरोवरबाट नयाँ घडामा जल भर्न बिहानैदेखि झाँकी र बाजागाजासहितको कलशयात्रा भएका छन् । कलशयात्रामा नगरगाउँ बस्तीका आम सर्वसाधारणको सहभागिता छ ।

कलशयात्रामा कन्याकुमारीहरुले भरेका घडाको जलबाट घटस्थापनाको कलश स्थापना गरिन्छ । घटस्थापना गरिएसँगै शक्तिपीठ र देवीका प्रतिमा बनाएर दुर्गापूजा गरिनेस्थलमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिन्छ ।

बर्दिबासको हटियाचोक, जलेश्वरको महेन्द्रचोक र हाटेचौर, भङ्गाहाको सीतापुरबजार, गौशालाबजार, लोहारपट्टीसहितका जिल्लाका ३० भन्दा बढी ठाउँमा दुर्गा मेलाको आयोजना भएको छ । नवरात्रको प्रारम्भसँगै जिल्लाका सबैजसो गाउँनगर बस्तीमा देवी दुर्गाका भजन गुञ्जिन लागेका छन् ।

दशहरा पर्व सुरु भएसँगै मिथिलामा मङ्गल धुन गुञ्जिएको । बस्तीबस्तीमा देवी भजन भइरहेको छ । दशहराको आगमनले मिथिलावासीमा हर्ष छाएको छ । साथै बजारमा चहलपहल पनि बढेको छ ।

सिफारिस

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण गरिरहेको छ । चक्रघट्टीस्थित सप्तकोशी नदी किनारमा रहेको उक्त स्थानमा भारत एवम आन्तरिक पर्यटकहरुको भीड...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज बिहान जानकी मन्दिरमा दर्शन तथा विशेष पूजापाठ गरेका छन्। पूर्वनिर्धारित कार्यक्रम अनुसार बालेनले सोमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी सुरू

काठमाडौं - प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो...

महिला टी–२० विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग हार्यो नेपाल (तस्वीरहरू)

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो...

धेरै पढिएको