आज बडादसैँको सातौँ दिन, कात्यायनी देवीको पूजा गरिँदै

बडादसैँ अर्थात् शरद नवरात्रको सातौँ दिन आज नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ।

दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग​ निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेका कारण बुधबार षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको हो।

पञ्चाङ्ग (पात्रो)का अनुसार बुधबार षष्ठी तिथि ३ घडी ५१ पला मात्र षष्ठी छ । अर्थात् बिहान ७ बजेर ३३ मिनेटपछि सप्तमी तिथि लाग्छ। सूर्योदय हुँदाको तिथि लिनुपर्ने मान्यताअनुरूप बुधबार षष्ठीकै कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बताए।

नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक(एक स्वरूपको आराधना गर्ने परम्परा छ। त्यसैअनुरूप षष्ठी तिथिमा कात्यायनीको पूजा(आराधना गरिन्छ। षष्ठी तिथिमा बेलको रुखनजिक गएर ‘बिल्व निमन्त्रण’ गर्ने विधि पनि छ। यो बेलको पत्र सप्तमी तिथिमा दशैँघरमा भित्र्याइने नवपत्रिका (फूलपाती) मा समावेश गरिन्छ। मिथिला लगायतका श्रद्धालुले यो विधि मंगलबार नै गरिसकेका छन्। त्यसैले कतिपयले त बुधबार नै फूलपाती भित्र्याउँदैछन्।

पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्।

यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा चल्ने गर्दछ। यो समयमा देवीभागवत महापुराण र दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ।

सिफारिस

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

धेरै पढिएको