कार्यालयबाटै पक्राउ परे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको हो।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले शुक्रबार प्रहरीलाई अनुमति दिएको थियो।

अदालतबाट अनुमति पाएलगत्तै कास्की प्रहरीले उनलाई पक्राउ गरेर पठाइदिन काठमाडौंका प्रहरी कार्यालयमा पत्र पठाएको थियो।

लामिछानेलाई शुक्रबार बेलुका नै गाडीमा पोखरा लैजाने तयारी छ।

रविविरुद्ध गत वर्ष माघमै कृष्णप्रसाद जैशी लगायत सूर्यदर्शन सकहकारीका पीडितले पूरक जाहेरी दिएका थिए। सूर्यदर्शन सहकारीको ठगीमा यसअघि रविका व्यावसायिक साझेदार जीबी भन्ने गीतेन्द्रबाबु राईसहित विरुद्ध मुद्दा दायर भइसकेको छ।

जीबी हाल फरार छन्। उनी मलेसियामा रहेको थाहा पाए पनि प्रहरीले ल्याउन सकेको छैन।

उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिससमेत जारी भइसकेको छ। अर्का गोर्खा मिडियाकै सञ्चालक छविलाल जोशी भने २७ दिनदेखि हिरासतमा छन्। उनलाई असोज ६ गते प्रहरीले काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो।

उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बनधी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

सिफारिस

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

धेरै पढिएको