सरु रुम्बाले सार्वजनिक बाटो हडपेर बनाएको ४ तले घर भत्कने

काठमाडौं – काठमाडौंको नागर्जुन नगरपालिका ५ छकडोलमा सरु रुम्बा लामाले सार्वजनिक गोरेटो बाटो हडपेर बनाएको भौतिक संरचना भत्कने भएको छ । सीट नम्बर १०२१०६२०१ मा रहेको कित्ता नम्बर १५२ मा बनेको ४ तले घरले सार्वजनिक गोरेटो बाटो हडपेको काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले फैसला गरिदिएको हो ।

सार्वजनिक बाटोमा बनेको घर भत्काई बाटो कायम गरिपाउँ भन्दै शान्ति गुरुङसहितका स्थानीयले दायर गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा २०७९ सालको वैशाख ११ गते दर्ता भएको थियो । सार्वजनिक गोरेटो बाटो हडपेर घरलगायत भौतिक संरचना निर्माण गरेको, त्यहाँका स्थानीयलाई हिडडुल गर्न अप्ठ्यारो परेको, ढल तथा नालको व्यवस्थापनमासमेत समस्या भएको स्थानीय गुरुङसहितकाले दाबी गरेका थिए ।

त्यहि मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी पुग्ने फैसला गरेलगत्तै सरु रुम्बाले अनधिकृत रुपमा बनाएको भौतिक संरचना भत्काउनुपर्ने फैसला भएको हो । योसँगै सरु रुम्बाले पूर्व र दक्षिणतर्फ आफ्नो जग्गाको सिमाना छोडेर सार्वजनिक जग्गा पहिलेकै अवस्थामा छाडिदिनुपर्ने भएको छ ।

सरु रुम्बाले उनका सदियार कित्ता नम्बर १८८ का भाईखु गुरुङको जग्गासमेत हडपेर सौचालय निर्माण गरेको मुद्दा दायरकर्ताको दाबी छ । यस्तै सरु रुम्बाले आफ्नो भौतिक संरचना अनधिकृत रुपमा बनाएर अनियन्त्रित रुपमा पानीका पाइपहरुसमेत बिछ्याउँदै आएका छन् ।

अदालतको फैसलाले ति संरचनाहरुसमेत हटाउनुपर्ने भएको छ । अदालतको यो फैसलासँगै भाइखु गुरुङलेसमेत नापीले आफ्नो कित्ता नम्बरमा देखाएको जग्गाबाहेक अरु जग्गा हडपेको देखिए त्यसलाई छाड्न तयार भएका छन् ।

सिफारिस

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् । माघीको अवसरमा झाँकीसहित र्‍याली लिएको थियो । वसन्तपुरमा भेला भएर थारु समुदायका...

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

धेरै पढिएको