सरु रुम्बाले सार्वजनिक बाटो हडपेर बनाएको ४ तले घर भत्कने

काठमाडौं – काठमाडौंको नागर्जुन नगरपालिका ५ छकडोलमा सरु रुम्बा लामाले सार्वजनिक गोरेटो बाटो हडपेर बनाएको भौतिक संरचना भत्कने भएको छ । सीट नम्बर १०२१०६२०१ मा रहेको कित्ता नम्बर १५२ मा बनेको ४ तले घरले सार्वजनिक गोरेटो बाटो हडपेको काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले फैसला गरिदिएको हो ।

सार्वजनिक बाटोमा बनेको घर भत्काई बाटो कायम गरिपाउँ भन्दै शान्ति गुरुङसहितका स्थानीयले दायर गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा २०७९ सालको वैशाख ११ गते दर्ता भएको थियो । सार्वजनिक गोरेटो बाटो हडपेर घरलगायत भौतिक संरचना निर्माण गरेको, त्यहाँका स्थानीयलाई हिडडुल गर्न अप्ठ्यारो परेको, ढल तथा नालको व्यवस्थापनमासमेत समस्या भएको स्थानीय गुरुङसहितकाले दाबी गरेका थिए ।

त्यहि मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी पुग्ने फैसला गरेलगत्तै सरु रुम्बाले अनधिकृत रुपमा बनाएको भौतिक संरचना भत्काउनुपर्ने फैसला भएको हो । योसँगै सरु रुम्बाले पूर्व र दक्षिणतर्फ आफ्नो जग्गाको सिमाना छोडेर सार्वजनिक जग्गा पहिलेकै अवस्थामा छाडिदिनुपर्ने भएको छ ।

सरु रुम्बाले उनका सदियार कित्ता नम्बर १८८ का भाईखु गुरुङको जग्गासमेत हडपेर सौचालय निर्माण गरेको मुद्दा दायरकर्ताको दाबी छ । यस्तै सरु रुम्बाले आफ्नो भौतिक संरचना अनधिकृत रुपमा बनाएर अनियन्त्रित रुपमा पानीका पाइपहरुसमेत बिछ्याउँदै आएका छन् ।

अदालतको फैसलाले ति संरचनाहरुसमेत हटाउनुपर्ने भएको छ । अदालतको यो फैसलासँगै भाइखु गुरुङलेसमेत नापीले आफ्नो कित्ता नम्बरमा देखाएको जग्गाबाहेक अरु जग्गा हडपेको देखिए त्यसलाई छाड्न तयार भएका छन् ।

सिफारिस

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

धेरै पढिएको