‘कहीँ नभएको जात्रा’ हाँडीगाउँको रौनक (तस्वीरहरू)

काठमाडौं– हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा शुक्रबार मनाइएको छ ।ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो ।

विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।हाडीगाउँमा निकालिएको जात्रा हेर्न सर्वसाधारणहरूको घुइँचो लाग्ने गर्दछ । जात्राका दिन दर्शन र पूजाका लागि तीन वटै रथ तीन वटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ ।

अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात् आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठिक उल्टो अर्थात् तल गजुर र माथि देवताको मूर्ति राखिन्छ ।

जनजिब्रोमा ‘कहीँ नभएको जात्रा हाँडीगाउँ’मा भनिए पनि यो जात्राको असली नाम भने ‘चोक्टे नारायण’ जात्रा हो। यो जात्राको विशेष आकर्षण भनेको जात्रामा पुजिने र नगर परिक्रमा गराइने तीन खट हुन्। साबिकका जात्राको रथ अथवा खट प्यागोडा शैलीमा बनाउने गरेको पाइन्छ। तर हाँडीगाउँमा मनाइने जात्राको खट त्यसको ठ्याक्कै उल्टो हुन्छ। खटको गजुर फेदमा र भगवान‍्को मूर्ति टुप्पोमा हुन्छ। तीनतले छत्रजस्तो देखिने गजुर मुनितिर फर्काई सिस्वाँ (मैनको फूल)ले छोपेर विचित्र ढंगले जात्रा हुन्छ। चोक्टे नारायणको जात्रामा हाँडीगाउँको तीन टोलका तीन खट स्थापित हुन्छन्। गहनापोखरीको सिधा पूर्वमा रहेको टोल कोटोल हो जहाँ महेश्वरको खट बनाइन्छ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको