सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो एक खेलअगावै सिरिज

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले तीन खेलको टी-२० आई सिरिज एक खेलअगावै जितेको छ। आइतबार बिहान भएको खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा सोमपाल कामीले २ रन दिँदा लगातार दुई विकेट लिए। सुपर ओभरमा कप्तान रोहित पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए।

नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो। सिरिजको अन्तिम खेल सोमबार बिहान हुनेछ।

पाहुना टोलीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाउन सक्यो।

दोस्रो विकेटका लागि साइतेजा मुखमल्ला र आन्द्रेसले ९२ रनको साझेदारी गरेपछि अमेरिका बलियो स्थितिमा पुगेको थियो।

तर १२ औँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले साइतेजालाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका थिए। साइतेजाले ४१ बलमा २ चौका र ३ छक्का सहयोगमा ४७ रन बनाएका थिए।

आन्द्रेस ६२ रनमा पेभेलियन फर्के। उनले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा सोमपाल कामीको बलमा कुशल भुर्तेलको हातबाट आउट हुन पुगे।

मिलिन्द कुमार १५ र सयान जहानजीरले १४ रन थपे। नेपालका लागि करण केसीले तीन विकेट लिए। सोमपाल कामी, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

त्यसअघि अमेरिकाको डालासस्थित ग्राउन्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको थियो।

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशलले ५४ बलमा ७ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ९२ रनको अविजित पारी खेले।

३१ बलमा २ चौका र १ छक्का प्रहार गरेका ओपनर अनिल शाह २५ रनमा पेभेलियन फर्के।

अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्धु धरापमा परे।

गुल्सन झा १९ र कप्तान रोहित पौडेल १८ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी २ रनमा क्याच आउट भए। आशिफ शेख १ रनमा रनआउट भए।

अमेरिकाका लागि नोतुस र जसदीप सिंहले समान २ विकेट लिए। सौरभले एक विकेट झारे।

टी-२० सिरिजपछि नेपाली टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ।

सिफारिस

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

धेरै पढिएको