न्युजिल्यान्डले उचाल्यो आईसीसी महिला टी–२० विश्वकपको उपाधि

आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्यान्डले उचालेको छ। आइतबार राति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै पहिलोपटक विश्वकपको उपाधि जितेको हो।

तेस्रो पटक विश्वकपको फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो। यसअघि न्युजिल्यान्ड सन् २००९ र २०१० मा फाइनलमा पुगेको थियो।

महिला र पुरुष क्रिकेटमा न्युजिल्यान्डको टोलीले एकैदिन ठूलो सफलता दिलाएका छन्। न्युजिल्यान्डको पुरुष क्रिकेट टोलीले देशलाई सफलता दिलाएको केही घण्टामा महिला टोलीले पनि उपाधि दिलाउन सफल भएका हुन्। तीन टेस्ट सिरिजमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गर्दै १–० को अग्रता बनाएको छ।

महिला विश्वकपमा दक्षिण अफ्रिका भने दोस्रोपटक पनि उपविजेतामा नै चित्त बुझाउन बाध्य भयो।

न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो।

कप्तान लौरी ओलिभर्टले बनाएको २७ रन नै दक्षिण अफ्रिकाका लागि सर्वाधिक रह्यो। तज्मिन ब्रिट्सले १७ तथा चालो ट्राइअनले १४ रन थपे।

न्युजिल्यान्डका अमेलिया केर र रोजमेरी मेरले समान ३ विकेट झारे। इडन कारसन, फ्रान जोन्स र ब्रुकी हलिडेले समान १ विकेट आफ्नो नाममा गरे।

त्यसअघि दुवई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको थियो।

अमेलिया केरले सर्वाधिक ४३ रनको योगदान दिईन्। ब्रुकी हलिडेले ३८ तथा सुजि बेट्सले ३२ रन थपे। दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको मल्बाले २ विकेट झारिन्।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको